१४ बैशाख २०८१, शुक्रबार

पाठेघरको अप्रेशन गरेकी महिला जीवनमरणको अवस्थामा, उपचार खर्च नहुँदा धनगढीमा अलपत्र



दिपायल सिलगढी नगरपालिका ‐ ५ वागफाटाकी ५९ वर्षीया गंगा भण्डारीको पेटबाट दिसा,पिसाव हुन थाल्यो । धनगढीमा उपचार हुन नसक्ने चिकित्सकको भनाइ ।


धनगढी / डोटीको सुजुङ अस्पतालमा पाठेघरको अप्रेशन गरेकी एक महिला जीवनमरणको अवस्थामा पुगेकी छन् ।
दिपायल सिलगढी नगरपालिका ‐ ५ वागफाटाकी ५९ वर्षीया गंगा भण्डारी अहिले अप्रेसनपछि उत्पन्न समस्याले जीवनमरणको अवस्थामा छिन् ।
उनको धनगढी र चितवनका कुनै पनि अस्पतालले थप उपचार गर्न मानेका छैनन् । उनी अहिले सेती प्रादेशिक अस्पतालमा छटपटाइरहेकी छन् ।
माघ १९ गते दिपायलको सुजुङमा पाठेघरको अप्रेशन गरेकी भण्डारीको अप्रेशनको तीन दिनपछि पेट र योनीबाट पिप आएको उनकी छोरी विमला भण्डारीले बताइन ।
पिप आउन थालेपछि चितवनको अस्पताल लगिएको हो १३ दिन त्यहाँ वस्दा पनि डाक्टरले उपचार गर्न नसकिने बताए । त्यसपछि डोटी घर लगेका थियौ फेरि पेटमा अप्रेशन गरेको ठाउँबाट दिसा पिसाव आउन थालेपछि फेरि धनगढी ल्याएको विमलाले बताइन ।
उनका श्रीमान हरी भण्डारीले आफ्नो कुरा सुजुङ अस्पताले सुन्न छोडेको बताए । उनले रुदै भने अप्रेशनले के समस्या आयो कुन्नी पहिले पिप त कहिले दिसा पिसाव आउछ ।
उनले रुदै भने हामीले ऋण सापट गरेर जम्मा गरेको एक लाख सकियो अव कसरी उपचार गर्ने, सेती अस्पतालले काठमाडौ लग्नुपर्छ भन्छन् तर कसरी लग्ने ।
आमा सिकिस्त भएको थाहा पाएपछि भारतको तिलंगनामा बस्ने छोरा अनिल भण्डारी पनि धनगढी पुगेका छन् ।
दिपायल सिलगढीका नगरपालिकाका प्रमुख मञ्जु मलासीले नगरपालिकाले सक्ने सहयोग गर्ने बताउदै सुजुङ अस्पतालाई कानुनी दायरामा ल्याउने प्रयास गरिने बताइन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार