५ पुष २०८२, शनिबार

कैलाली काँग्रेसको जिल्ला अधिवेशनमा त्रिपक्षीय प्रतिस्पर्धा हुँदै



आइतबार विहान ८ बजे हुने काँग्रेसको निर्वाचन केही ढिलाई हुने भएको छ । निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले प्राविधिक कामले केही ढिलाई हुने बताए । हामी प्रावधिक काम सक्ने वित्तिकै मतदान शुरु गर्छो उनले बताए ।


धनगढी / नेपाली काँग्रेस कैलालीको १४ औं अधिवेशन अन्तरगत आइतबार नयाँ नेतृत्वको लागि मतदान हँदैछ ।

विहान ८ बजेदेखि मतदानको कार्यतालिका रहेको छ । शनिबार भएको मनोनय दर्ताका क्रममा संस्थापन पक्षका दुई र संस्थापन इतर समुहबाट एक प्यानल गरि तीन प्यानलले मनोनयन दर्ता गरेपछि त्रिपक्षीय प्रतिस्पर्धा हुन लागेको हो ।

जिल्ला अधिवेशअन्तर्गत मनोनयन दर्ता भएकोमा जिल्ला सभापतिमा तीन जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
संस्थापन पक्षका नारायणदत्त भट्ट र प्रकाशबहादुर वम तथा इतर पक्षबाट रामबहादुर कलेलको उम्मेदवारी परेको हो ।

यस्तै जिल्ला सभापतिमा दाबी गर्दै आएका नेता भीम बडुवाल भने पछि हटेका छन् । उनले संस्थापन पक्षबाट सभापतिका उम्मेदवार नारायणदत्त भट्टको प्यानलबाट उपसभापतिमा उम्मदेवारी दिएका हुन् ।

उनको प्यानलाट उपसभापतिमा रामप्रसाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बिसी, सहसचिवमा रामसमझ राना र कलेसु चौधरीले उम्मेदवारी दिएका छन् ।

यस्तै बम प्यानलबाट उपसभापतिमा खेमराज चौधरी र तेजशंकर भट्ट, सचिवमा नृप सुनार, थर्क शाह, सहसचिवमा कृष्ण पाण्डेय र राजेन्द्र खड्काको उम्मेदवारी परेको छ ।

यस्तै इतर पक्षको कलेल प्यानलबाट उपसभापतिमा यज्ञनिधि कोइराला र लोकराज पाण्डेय ‘आगो’, सचिवमा देवानन्द जैशी र नवराज जोशी, सहसचिवमा रविन्द्रप्रताप सिह र तीर्थराज जोशीको उम्मेदवारी परेको छ ।

पार्टीका वर्तमान प्रदेश महामन्त्री नरनारायण शाह (मनु) ले जिल्ला सभापतिमा प्रकाश वमको प्यानललाई समर्थन गरेको जनाइएको छ भने पार्टीका केन्द्रीय सदस्यहरुको समर्थन भने भट्ट प्यानललाई रहेको छ ।

‘सभापतिका आ“काक्षी भट्टको प्यानल नै आधिकारिक हो । हामी उहाँको नेतृत्वमै कार्यसमिति निर्माण गर्ने छु’ भट्टको पार्टीका केन्द्रीय सदस्य तथा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले भन यस टीममा सबै वर्ग, समुदाय र क्षेत्रका मानिसहरूलाई समेटिएको छ । कसैलाई पनि अन्याय हुने गरेर टीम बनेको छैन ।’

भट्टलाई पार्टीका केन्द्रीय सदस्य नृपबहादुर वडमात्र नभई केन्द्रीय सदस्यहरु रामजनम चौधरी, ईश्वरी न्यौपाने, रणबहादुर रावल, शुसिला मिश्र भट्ट, जीवन राना, पूर्व केन्द्रीय सदस्य सुनिलकुमार भण्डारी, पूर्व जिल्ला सभापति दीर्घराज भाट, राष्ट्रिय सभाका सदस्य नारायणदत्त मिश्र, प्रदेश सभा सदस्य डिल्लीराज पन्त, मोहनसिंहको राठौर लगायतको सर्मथन रहेको छ ।

आइतबार विहान ८ बजे हुने निर्वाचन केही ढिलाई हुने भएको छ । निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले प्राविधिक कामले केही ढिलाई हुने बताए । हामी प्रावधिक काम सक्ने वित्तिकै मतदान शुरु गर्छो उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार