१५ बैशाख २०८१, शनिबार

म सचिव भए संगठन अझ चलायमान हुन्छ : मिश्र



४० वर्षीय केशव मिश्र राजनीति र सामाजिक क्षेत्रमा निक्कै क्रियाशिल छन् । ०५४ सालदेखि काँग्रेसको विद्यार्थी राजनीतिमा लागेका उनीसंग विद्यालय इकाइ समिति र क्याम्पस समिति सभापति , जिल्ला सचिव, केन्द्रीय सदस्यसम्म तथा पार्टी नगर सचिवको काम गरेको अनुभव छ ।
१३ औ महाधिवेशनमा सचिवका उम्मेदवार भएका उनलाई पार्टी एकताका लागि दवाव र आग्रहमा उम्मेदवार हुन दिइएन । यद्यपी उनी जिल्ला सदस्यका रुपमा क्रियाशिल रहे ।
०६२/०६३ को आन्दोलनमा निक्कै सक्रिय मिश्र यसपटक फेरि कैलाली काँग्रेसको सचिवको उम्मेदवार छन् । प्रस्तुत छ मिश्रसित उम्मेदवारीका विषयमा गरिएको कुराकानी ।


काँग्रेसको जिल्ला सचिवको उम्मेदवारको रुपमा आफूलाई प्रस्तुत गरिरहनु भएको छ । किन सचिवको उम्मेदवार बन्दै हुनुहुन्छ ?
सचिवले संगठन चलाउने हो । सचिवमा हुनुपर्ने सीप र क्षमता म सित छ ।
पार्टी जति ठूलो भए पनि त्यसलाई व्यवस्थित बनाउन जरुरी हुन्छ । मैले पार्टीलाई अझ व्यवस्थित बनाउनु पर्ने देखेको छु । जनसंगठनहरुलाई पनि काममा खट्ने प्रणाली बनाउने योजना म सित छ ।
पार्टीलाई जनताका वीचमा पुगाउन सचिवको योगदान जरुरी हुन्छ त्यो काम पनि म गर्न सक्छु । सञ्चार माध्याममा पनि सम्वन्ध कामय गर्न सक्छु । विगतमा पनि मैले पार्टी विचार मैले नै सञ्चार माध्याममा राख्दै आएको छु ।

तँपाई सचिवमा जित्ने आधार के हुन ?
मैले विगत पाँच वर्षदेखि सचिव हुनका लागि आवश्यक पर्ने सीप र गुण वारे अध्ययन गर्दे आएको छु । मैले पार्टी सचिव हुनकै लागि नेविसंघ र तरुण दलका अवसरहरु छोडेको छु ।
सचिवका रुपमा पार्टीको नगर समिति र नेविसंघको जिल्लामा काम गरेको अनुभव पनि छ ।
सचिवले पार्टी हीतका लागि अध्ययन, अनुसन्धान र दस्तावेजीकरण पनि गर्नुपर्छ । मैले ती अभ्यास गरेको छु ।
मुख्य कुरा चुनाव जित्नका लागि मतदाताको पनि सहयोग आवश्यक हुन्छ म सबै मतदाताका वीचमा अहिले मात्र होइन ०५४ सालदेखि नेविसंघमा काम शुरु गरेदेखि नै पुग्दै आएको छु ।

फेरि पनि सचिव छोड्नु पर्ने अवस्था आए के गर्नुहुन्छ ?
मैले मात्र सँधै त्यस्तो त्याग गर्नुपर्छ भन्ने कुरा सोचेको पनि छैन । पार्टी मिलाउनका लागि अघिल्लो पटक जित्ने पक्का भएको सचिव पद पनि छोडे ।

तँपाईले सचिव जितेपछि कैलाली काँग्रेसमा के फरक आउछ ?
धेरै महत्वकांक्षा छैन, राख्नु पनि हुन्न । तर पार्टी विभाजन, कारोना लगायतका समस्याले सुसुस्त बनेको संगठनलाई गतिशिल बनाउने छु ।
पार्टीले तोकेका दायरामा रहेर पार्टी कमिटी र भातृ संगठनलाई चलायमान बनाउने छु ।
पार्टीमा सबै खालका मान्छेको आवश्यक्ता हुन्छ म त्यसको व्यवस्थापन गर्न हर प्रयास गर्नेछु ।

संस्थापनकै तर्फबाट भन्दै सभापतिका विभिन्न समूह बन्दैछन् तँपाई कुन समूहबाट सचिव लड्दै हुनुहुन्छ ?
म सँधै आदरणीय नेता केन्द्रीय सभापति, हालका प्रधानमन्त्रीको विचार समूहमा छु त्यसैले उहाँकै प्रेरणाले सभापति उठ्न लाग्नु भएका जिउँदो शहिद, पूर्व उपसभापति नारायणदत्त भट्टको समूहबाट उम्मेदवार हुने प्रयासमा छु । यद्यपी राजनीति सम्भावनाको खेल हो भन्ने पनि मैले मनन गरेको छु ।

अन्तमा मतदातालाई के भन्नुहुन्छ ?
निर्वाचनमा अनेक चम्किला चीज आउछन् त्यसबाट सचेत रहेर मलाई मतदान गर्न मतदाताहरुलाई आग्रह गर्दछु ।
म सँधै पार्टीका सदस्यको प्रजातन्त्रमा विश्वास गर्नेको घरदैलोमा पुगेको छु पुग्ने छु । म पार्टीको सच्चा सिपाही हुँ ।
मतदाताले सचिवमा जिताएर नेता बनाए पनि सँधै कार्यकर्ताकोरुपमा प्रस्तुत हुनेछु ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार