बामाले पार्टी न भाले न पोथी भएको माधव नेपालको आरोप

अध्यक्ष नेपालले सुदूरपश्चिमबाट मन्त्री बनेका प्रेमबहादुर आलेमगरले आफ्नो पार्टीको इज्जत राखेको पनि बताए

धनगढी / नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीलाई संकेत गर्दे बामाले पार्टी एमसीसीमा न भाले न पोथी भएको आरोप लगाएका छन् । उनले ओली अवसर खोजेर बसेको अवसरबादी भएको पनि बताए ।
उनले यथास्थितिमा एमसीसीका पक्षमा आफूहरु नलाग्ने पनि बताए । एमसीसीका केही प्रावधान शंसोधन गरेर मात्र अघि बढ्न सकिन्छ बुधबार धनगढीमा आयोजित युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीको कार्यक्रममा बोल्दै उनले अनुचित शर्त मानेर एमसीसी पास गर्न नहुँने बताए ।
उनले देश र विचार भन्दा ठूलो सरकार नहुने बताउदै कुनै पनि वेला पाँच दलको गठवन्धन भत्कन सक्ने बताए । उनले ओलीले एमसीसीमा स्पष्ट धारणा राख्न नसकेर आफ्नो पार्टी र गठवन्धन ध्वस्त पार्ने षड्यन्त्र गरिरहेको आरोप पनि लगाए ।
अध्यक्ष नेपालले एमसीसीका पक्षमा लागे एमाले फेरि विभाजन हुने बताउदै आफ्नो पार्टीले एससीसीबाट नेपालको हीत सुनिश्चित गर्न खोजेको पनि बताए ।
सो अवसरमा अध्यक्ष नेपालले सुदूरपश्चिमबाट मन्त्री बनेका प्रेमबहादुर आलेमगरले आफ्नो पार्टीको इज्जत राखेको पनि बताए
अध्यक्ष नेपालले यसअघि महिला संघको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यक्रमलाई सम्वोधन गरेका थिए ।
सोही कार्यक्रममा बोल्दै संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले आफ्नो पार्टीले एमसीसी बारे जे निर्णय गर्छ त्यही मान्ने बताए ।
केही सञ्चार माध्यामले आफूलाई एमसीसीका पक्षमा मतदान गर्ने भनिरहेका छन् त्यो गलत हो उनले भने म पार्टीले जे भन्छ त्यही गर्छु ।




