१० श्रावण २०८१, बिहीबार

नवजीवन सहकारीको नेतृत्वका लागि कठायत पक्षको प्यानल घोषणा




धनगढी / ३० हजारभन्दा बढी शेयर सदस्य रहेको नवजीवन सहकारी संस्था लिमिटेडको नेतृत्वका लागि रतन कठायत पक्षले समेत आफ्नो प्यानल घोषणा गरेको छ ।

नवजीवनका पूर्व अध्यक्ष समेत रहिसकेका कठायतको प्यानलमा उपाध्यक्षमा चेतराज ओझा, सुदस्यहरुमा उत्तम जोशी, , रोम स्वाँर, केशवराज मिश्र, गणेश वम, गोपाल चौधरी, कृष्णबहादुर चौधरी, जयराज जोशी र पूर्ण जोशीको उम्मेदवारी रहेको छ । यसैगरी, उपेन्द्र विष्ट, भीमबहादुर बलायर, राधिकाकुमारी चौधरीको उम्मेदवारी पनि सदस्यमा रहेको छ ।

कठायतको प्यानलबाट लेखा समितिमा चेतराज जोशी, लक्ष्मीराज पन्त र सीता विक उम्मेदबार रहनु भएको छ ।

प्यानल घोषणाको क्रममा अध्यक्षका उम्मेदवार कठायतले नवजीवन सहकारीलाई थप व्यवस्थित र पूर्ण प्रविधिमैत्री बनाइने बताउनुभयो ।

हाल १० वटा सेवा केन्द्रहरुबाट सेवा प्रदान गर्दै आएको नवजीवन सहकारीले चार अर्ब १२ बचत सङ्कलन गरेको छ । सो संस्थाले तीन अर्ब ७० करोड रुपियाँ कर्जा लगानी गरिसकेको छ । संस्थामा हाल ६४ करोड रुपियाँको पूँजी कोष कायम रहेको जनाइएको छ ।

यसअघि मंगलबार देवबहादुर वम पक्षले पनि आफ्नो प्यानल घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार