१० श्रावण २०८१, बिहीबार

नवजीवन सहकारीको चुनाव : वम प्यानलद्धारा उम्मेदवारी घोषणा




धनगढी / नवजीवन सहकारी संस्थाको फागुन २८ गते हुने नेतृत्व छनौटको लागि देववहादुर वम अध्यक्ष रहेको प्यानल घोषणा भएको छ ।

वम नेतृत्वको प्यानलमा भरतराज जोशी उपाध्यक्ष, इन्दिरा पन्त, घनबहादुर शाह, गोपालराज पाठक, गोमाकुमारी अधिकारी, पदमराज सापकोटा, प्रकाश जोशी, महेशराज विष्ट, माधव चौधरी, रवि कुँवर, विश्वनाथ ओझा, र शिवकुमार जोशी फुलारा सदस्यका उम्मेदवार रहेका छन् ।
यस्तै लेखा समितिमा संयोजकमा मदराज ओझा, सदस्यमा गणेशप्रसाद उपाध्याय र सरस्वती वली छन् ।

वमले पत्रकार बुधबार पत्रकार सम्मेलन गरेर आफ्नो प्यानलको घोषणा गरेका हुन ।

उनले सहकारीको विकासका लागि १९ बुँदे, शेयर सदस्यका लागि १० बुँदे, सामाजिक क्षेत्रका लागि तीन बुँदे र कर्मचारी हीतका लागि पनि तीन बुँदे प्रतिवद्धता घोषणा गरेका थिए ।

पत्रकार सम्मेलनमा सो नवजीवनका संस्थापक खेमराज पाण्डेले मेहनती र लगनशिल भएकोले अध्यक्षका वमलाई जिताउनु पर्ने बताए ।

निर्धारित समयमै फागुन १५ गते नवजीवनको चुनावमा २९ हजार ५७७ शेयर सदस्यले मतदान गर्ने भएका छन् ।

२०५० सालमा स्थापना भएको सो संस्थाको २६ करोड २४ लाख चुक्ता पूँजी छ । नवजीवनले १० वटा सेवा केन्द्रबाट ४ अर्व १२ करोड बचत संकलन गरेर उत्पादनमूलक क्षेत्रमा ३ अर्व ७० करोड रुयियाँ लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार