१० श्रावण २०८१, बिहीबार

भीम रावलमा अहमता छ, हिरो बन्न खोज्नुहुन्छ : बस्नेत



धनगढी / नेकपा (एमाले) का नेता महेश बस्नेतले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे जनतामा भ्रम फैलाईएको बताएका छन ।

मंगलबार धनगढीमा नेपाल प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमसीसी पास गर्नेमा प्रचण्ड र माधव नेपालबीच देखिएको एक किसिमको भूमिकाले जनतामा भ्रम सिर्जना र व्यापक ध्रुविकरण गर्न खोजिएको बताए ।

एमसीसीका मामलामा प्रचण्डले गरेको अपरिपक्व कदमका कारण समस्या भएको समेत बताए । एमसीसीको नाममा अहिले मुलुकमा एक किसिमको द्धन्द बढाउन खोजिएको आरोप लगाए ।

हामीले पहिला पहिला भगवान बर्माका चार मुख हुन्छन् भन्ने सुनेका थियौ, तर आज प्रचण्ड र नेपालका चार–चार मुख देखिएका छन् एमसीसीका सम्बन्धमा, उनले भने, उहाँहरू एमसीसी परियोजनालाई चिठ्ठी लेखेर पाँच महिना भित्र एमसीसी पास गर्छौ“ भन्न पनि भ्याउनुहुन्छ ।

उहाँहरु प्रधानन्याधिसलाई महाअभियोग लगायौ भने हामी एमसीसी पास गछौ गठबन्धन पनि जोगाउँछौ“ भन्न पनि भ्याउनुहुन्छ ।

मुलुकलाई भिडन्त र द्वन्द्वमा लैजाने अन्तर्राष्ट्रिय शक्तिको खेल मैदान बनाउने परिस्थिति बनेको छ यसको जिम्मेवारी अहिलेको गठबन्धने लिनुपर्ने बताए । आफ्ना कार्यकर्तालाई जुन रूपमा सडकमा पठाएर मुलुकमा द्वन्द्व सिर्जना भइरहेको छ नि यसको जिम्मेवारी चारमुखे प्रचण्ड र नेपालले लिनुपर्छ, उनले भने ।

अहिलेको गठबन्धन मुलुकलाई आवश्यक नरहेको समेत बताए । उनले अहिलेको गठबन्धन घाँडो भएको समेत दावी गरे ।

जुन अहिलेको गठबन्धन छ । त्यो मुलुकलाई आवश्यक छैन । गठबन्धन हाम्रा निमित्त घाडो भएको छ उनले भने हुन त सबैधानिक हिसाबले पनि अबको एक वर्ष भित्र निर्वाचनमा जानुपर्ने बाध्यता मुलुका सामु छ । र हामी अबको एक वर्ष मुलुकको समयलाई उल्टो दिशामा नहिँडौ भन्ने चाहन्छौ ।

त्यो भएको हुनाले जतिसक्दो चाँडो यो गठबन्धनलाई टुटाउने कुरामा जनता लाग्नुपर्छ । र अर्लि इलेक्सनको माध्यमबाट नयाँ जनमत लिएर जानुपर्छ भन्ने कुरामा नेकपा एमाले दृढ छ ।

नेता बस्नेतले ओली बालकोटमा भए पनि बालुवाटारमा भए पनि राजनीति उनकै वरिपरि घुमिरहेको बताए ।

नेता बस्नेतले एमालेले विरोध जनाइरहेका बेला नेता रावलले संसदमा समय लिएर बोलेको विषयमा पार्टीले उनीसँग प्रस्टिकरण लिने बताए ।

भीम रावलले पनि पार्टी पद्धति र दलीय व्यवस्थालाई स्वीकार गर्न सक्नुभएको छैन । व्यक्ति हिरो बन्ने र व्यक्तिको अहमता अनेक माध्यमबाट प्रकट गर्ने उहाँको त्यो शैलीलाई उहाँले फेरि प्रकट गर्नुभएको छ ।

मलाई लाग्छ पार्टीले सभामुखज्युसँग पनि यसको बारेमा एक्सन लिने छ र भीम रावलसँग पनि पार्टीले स्पष्टीकरण सोध्छ भन्ने लाग्छ उनले भने ।

उनले पार्टीले कारबाही गरेका सांसदको सूचना ननिकाल्नेदेखि लिएर संसद्को रोस्टम घेरिराखेको अवस्थामा नेता रावललाई बोल्न दिएको विषयमा एमालेले सभामुखविरुद्ध पनि एक्सन लिने बताए ।

नेता बस्नेतले बहुदलीय व्यवस्थामा संसद्भित्र बोल्न सांसदले शून्य समयबाहेक दलले समय माग नगरी बोल्न नपाउने स्पष्ट पार्दै सभामुख सापकोटाले आफूलाई गुरिल्ला सभामुख भएको पुष्टि गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार