१० श्रावण २०८१, बिहीबार

उपचार नपाउदा बच्चाजस्तै देखिदै डोटीकी एक युवती





सिलगढी /
सानैदेखि रोगका कारण थला पर्नु भएकी डोटीको दिपायल सिलगढी नगरपालिका–९ कलेनाकी २३ वर्षीया वसन्ती आउजीको आर्थिक अभावमा उपचार हुन सकेको छैन ।

उमेरले २३ वर्ष पुगेको भए पनि हेर्दा ८/९ वर्षको बच्चा जस्तै देखिनुहुन्छ । टाउकाको भार शरिरले थेग्न नसक्दा हिँडडुल समेत गर्न सक्दिनन् । मानसिकरुपमा समेत कमजोर आउजीको सामान्य सरसफाइ देखिका व्यक्तिगत काम समेत अरुको सहारामा आवश्यक परेको छ ।

स्थानीय जटिबुटीदेखि गाउँमा हुने स्वास्थ्य शिविरमा वसन्तीलाई उपचारका लागि गरिसकिएको बताउदै वसन्ती आउजीका बुवा नरी आउजीले भने, ‘हामीले स्थानीय जडिबुटीमै जोर गर्यौ, एक/दुई पटक जिल्ला अस्पतालसम्म पुर्यायौ, आफूसँग पैसा नभएपछि जिल्ला बाहिरका ठूला अस्पतालमा लगेर उपचार गर्न सकिएन ।’

सामान्य हिँडडुल समेत गर्न नसक्दा आफ्ना साथै घरका अन्य सदस्यहरुले समेत दुःख पाउने गरेका छन् । बाहिर भित्र लैजानेदेखि दिसा पिसाव गर्न समेत अर्कै व्यक्तिको सहारा आवश्यक पर्ने गरेको छ ।

सबैभन्दा समस्या त महिनाबारी भएको समयमा हुन्छ वसन्ती आउजीकी आमाले गरिरहनु भएको छ । ‘महिनावारी भएको समयमा सबैले छुन मिल्दैन भन्ने चलन छ, तर पनि छोरीको सबै सरसफाइको काम मेरो श्रीमतीले नै गरिरहेकी छन वसन्तीका बुवा नरीले बताए ।

वसन्तीलाई परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण उपचारको लागि सुविधायुक्त अस्पतालमा लैजान सकिएको छैन । परिवारका सदस्यहरु वसन्तीले हिडेको र आफ्नो स्याहार आफै गरेको हेर्न चाहन्छन् ।

स्थानीय रामबहादुर साउदले भने, –‘कतैबाट आर्थिक सहयोग भएको भए ठूला अस्पतालमा लगेर स्वास्थ्य परीक्षण गर्न पाए पनि के रोग रहेछ भन्ने थाहा त हुन्थ्यो होला, आर्थिक अभावमा त्यो पनि गर्न सकिएको छैन ।’

वसन्ती आउजीले क वर्गको अपांगता परिचयपत्र प्राप्त गर्नु भएको छ । मासिक प्राप्त हुने रकमबाट घर खर्च सामान्य घर खर्च चलेपनि उपचारमा सहयोग हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार