२७ मंसिर २०८१, बिहीबार

जनयुद्ध नागरिक तहमै मनाइनु पर्ने हो : मुख्यमन्त्री भट्ट




धनगढी / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनयुद्ध दिवस नागरिक तहमै मनाउन जरुरी रहेको बताएका छन् ।

धनगढीमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले भने १० वर्षे जनयुद्धकै कारण भएका परिवर्तनलाई हामीले पछ्याइरहेका छौ तर नागरिक तहमै यो दिवस मनाउन अवस्था ल्याउन सकेका छैनौ ।

अहिले पनि माओवादीमाथि नै सवै क्षेत्रबाट आक्रमण भइरहेको छ उनले भने त्यसैले पनि माओवादी अझ एकतावद्ध भएर परिवर्तन र जनयुद्धलाई संस्थागत गर्नुपर्छ ।

विगतमा नीति तथा कार्यक्रममा जनयुद्ध लेख्दा सुदूरपश्चिम प्रदेश सभामा त्यो हटाउने प्रयास स्वरुप दवाव दियो उनले भने अझै जनयुद्धले ल्याएको परिवर्तनलाई स्वीकार गराउन संघर्ष आवश्यक छ ।

मुख्यमन्त्रीले केन्द्रदेखि प्रदेश स्तरमा पटकपटक सरकारमा हामी गए पनि हामीलाई काम गर्न दिइएको छैन । तर अव प्रदेश सरकारले् घाइते, अपांग र शहीद परिवारलाई सम्मान हुने खालका कार्यक्रम ल्याउने बताए ।

घाइते, अपांग र पछाडि परेका वर्गका लागि चाँडै अनुदान दिने गरेका कार्यक्रम आउछन उनले भने युवाहरुलाई युवा स्वरोजगार कार्यक्रमबाट समेट्ने छौ । युवा स्वरोजगार कार्यक्रममा विना धितो न्युन व्याज दरमा ऋण दिइने उनले बताए ।

मुख्यमन्त्रीले घाइते र विमारीहरुलाई दिइने सहयोग अझ सहज तरिकाले दिने गरेर काम भइरहेको पनि बताए । उनले भने गम्भीर खालका विमारीलाई आवश्यक पर्ने सबै रकम दिइने पनि बताए ।

जनक्रान्तीका घाइते तथा अपांग योद्धा संगठन सूदूरपश्चिमको आयोजनामा भएको कार्यक्रममा भूमीसुधार, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले समेत बोलेकी थिएन ।

सो अवसरमा जनयुद्धका शहीद परिवारका तर्फबाट बोल्दै टंक अवस्थीले जनयुद्धका शहीदका सपना अनुसार अझै जनहीतमा काम नभएको गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार