१० श्रावण २०८१, बिहीबार

कैलाली काँग्रेसको अधिवेशन फागुन १३ गते




धनगढी / नेपाली काङ्ग्रेसको जिल्ला अधिवेशन गर्न बाँकी रहेका कैलाली सहितका १६ जिल्लाको अधिवेशन फागुन १३ गते हुने भएको छ ।

नेपाली काङ्गेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकले बाँकी जिल्लाहरूको अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेको हो ।

बैठकमा पार्टीको भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको अधिवेशनलगायतका कार्य सम्पन्न गर्नका लागि विधान मस्यौदामाथि पनि छलफल सुरु गरिएको र त्यसका लागि आवश्यक सबै निर्णयहरू गर्न आइतबार पुनः केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको पार्टीका प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी दिए ।

नेपाली काङ्ग्रेसले आजको बैठकमा भ्रातृ सङ्गठनहरूको विधानलाई सङ्घीयताअनुकूल बनाउने गरी नेता एनपी साउँद नेतृत्वको समितिले १३औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा विधान मस्यौदा पेस गरेको थियो ।

त्यसलाई सबै नेताहरूले अध्ययण गरेर आइतबार २ बजे बोलाइएको बैठकमा पारित गर्ने निर्णय गरिएको पनि प्रवक्ता महतले जानकारी दिए ।

बैठकमा नेताहरूबीच एमसिसी संसदबाट पारित गरेर जानुपर्छ भन्ने विषयमा एकमत रहेको नेपाली काङ्ग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार