१० श्रावण २०८१, बिहीबार

मन्त्री सोडारीद्वारा आयोजना निरीक्षण




धनगढी /
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले डोटीका सञ्चालित विभिन्न विकास आयोजनाको निरीक्षण गरेका छन् ।

मन्त्री सोडारीले मङ्गलबार डोटीको दिपायल सिलगढी नगरपालिकाको दिपायल, पिपल्ल्ला, घोल्तडा लिफ्ट खानेपानी, दिपायल बोगटान सहजपुर लगायतका सडकको निरीक्षण गरेको जनाइएको छ ।

मन्त्री सोडारीले पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यालयहरूको समेत अनुगमन गरेका छन् ।

डोटी जिल्ला स्थित खानेपानी, जलस्रोत तथा सिंचाइ कार्यालय, पूर्वाधार विकास कार्यालय, सहरी विकास तथा भवन डिभिजन कार्यालय प्रमुखसँग आयोजना कार्यान्वयन बारे जानकारी लिएका छन्।

अनुगमनको क्रममा आयोजना द्रुत गतिमा कार्यान्वयन गर्न कार्यालय प्रमुखहरूलाई मन्त्री सोडारीले निर्देशन समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार