१० श्रावण २०८१, बिहीबार

तीन सय ५० मेगावाटको सौर्य उर्जा उत्पादनका लागि सम्भाव्यता अध्ययन




धनगढी /. लगानी बोर्डले सुदूरपश्चिम प्रदेशका दुईवटा जिल्लामा तीन सय ५० मेगावाट क्षमताको सौर्य उर्जा उत्पादनका लागि सम्भाव्यता अध्ययनको अनुमति दिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षमा मङ्गलबार काठमाडौंमा बसेको बैठकले सेन्ट्रल इलेक्ट्रोनिक्स इनर्जी लिमिटेडलाई डडेल्धुरा र डोटीमा गरेर साढे तीन सय मेगावाट क्षमताको सौर्य उर्जा उत्पादन गर्ने आयोजनाको सम्भाव्यता अध्ययन अनुमति दिने निर्णय गरेको जनाइएको छ ।

लगानी बोर्डको वेव पोर्टलका अनुसार डडेलधुरा जिल्लाको अमरगढी नगरपालिकामा दुई सय २५ मेगावाट क्षमताको र डोटीको दिपायल सिलगढी नगरपालिकामा एक सय २५ मेगावाट क्षमताको सौर्य उर्जा उत्पादनका लागि सम्भव्यता अध्ययन गरिनेछ ।

सो परियोजनाका लागि २३ अर्ब रुपैयाको लगानी हुनेगरी परियोजनाको सम्भाव्यता अध्ययन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार