सहायक वन अधिकृत कालोमोसो प्रकरण : वन अधिकृतको चुनौति– औकात छ भने खुला बहस गरौ

धनगढी / नेत्रबिक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले कालोमोसो लगाएका कैलालीको पचमुडिया वन सवडिभिजन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितले उनीहरूलाई बहसका लागि चुनौति दिएका छन् ।
सहायक बन अधिकृत पण्डितलाई सोमबार साँझ विप्लव नेकपाका केही कार्यकर्ताहरूले मोसो दल्नुका साथै दुव्र्यवहार गरेका थिए ।
घटनापछि मङ्गलबार आफ्नो फेसवुक वालमा आफैंले मोसोसहितका आफ्नो फोटो सहित पोष्ट गर्दै उनले चुनौति दिएका छन्– चरित्रमा दाग नलागुन्जेलसम्म अनेकौ रंग पोतेर केही फरक पर्नेवाला छैन ।
समाज रुपान्तरणको लागि औकात छ भने खुल्ला बहस गर्न चुनौती दिन्छु । उनले लेखेका छन्– नेकपा विप्लव समुहका कथित केही थान व्यक्तिहरूले दिएको यो उपहार जिल्ला कैलाली डिभिजन वन कार्यालय पहलमानपुर अन्तर्गत पचमुडिया सव डिभिजन वन कार्यालयमा कार्यरत रहँदाको समय अविस्मरणीय रहने छ ।

उनले आफूले देश र जनताको विरुद्ध गरेका आफ्ना कुनै पनि कार्यहरू रहेको प्रमाणित गरेमा आफू अदालत, संवैधानिक निकाय र जनअदालतको कठघरामा उभिन तयार रहेको बताएका छन् । भनेका छन्– अन्यथा एउटा सचेत प्राकृतिक व्यक्तिका हैसियतले समयले सबैको हिसाबकिताब गर्ने नै छ ।
विप्लव नेकपाका कार्यकर्ताहरूले केही दिनयता कैलालीका विभिन्न सामुदायिक बनबाट ठूलो रकम चन्दाका रुपमा असुल गरिरहेकोप्रति आफूले विरोध गरेका कारण उनीहरूले आफूमाथि दुव्र्यवहार गरेको सहायक बन अधिकृत पण्डितले बताएका छन् ।
यसैबीच, नेकपा विप्लवका कार्यकर्ताहरूले सहायक वन अधिकृत पण्डितलाई मोसो दलेको घटनाको विभिन्न संघसंस्थाहरूले विरोध गर्दै घटनामा संलग्न दोषिहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।
प्रगतिशील वन प्राविधिक संघ, नेपाल, कर्मचारी टे«ड युनियन, कैलाली सहितका संघसंस्थाले मङ्गलबार विज्ञप्ती जारी गर्दै घटनाको घोर भत्र्सना गर्नुका साथै दोषिहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।
निजामती कर्मचारीहरूको आधिकारिक टे«ड युनियन कैलालीले घटनामा संलग्न दोषिहरूलाई कारबाहीको माग गर्दै कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापालाई मङ्गलबार ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्रमा भनिएको छ– यस्तो, गैह्रकानुनी, अमानवीय र घृणित कार्यको हामी घोर निन्दा र भत्र्सना गर्दछौ । दोषीलाई कडाभन्दा कडा कानुनी कारबाहीका लागि सरकारसंग जोडदार माग गर्दछौ ।
कर्मचारी टे«ड युनियनले ज्ञापनपत्रमार्फत स्वतन्त्र र भयमुक्त वातावरणमा काम गर्न र आम राष्ट्रसेवक कर्मचारीहरूको जिउज्यानको सुरक्षाको प्रत्याभूति गराउन सरकारसंग माग गरेको छ ।
देशका विभिन्न जिल्लामा राष्ट्रसेवक कर्मचारीमाथि अमानवीय व्यवहार गर्नेलाई कारबाही गर्न कर्मचारीहरूले माग गरेका छन् ।
नेपाल निजामती कर्मचारी युनियनले मङ्गलबार नै गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर कैलालीको पचमुडिया सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डित लगायतमाथि भएका दुव्र्यवहारका घटनामा संलग्न दोषिहरूलाई कानुनी कारबाही गर्न माग गरेको छ ।
गैरन्यायिक कार्य गर्नेहरूविरुद्ध सरकारले शान्ति सुरक्षाको लागि आफ्नो दायित्व र कर्तव्य निर्वाह गर्न पनि युनियनले आग्रह गरेको छ ।
युनियनका केन्द्रीय अध्यक्ष गोपालप्रसाद पोखरेल नेतृत्वको टोलीले महोत्तरी, धनकुटा, कैलाली, बझाङ, पर्सा, सिन्धुपाल्चोक, सोलुखुम्बु लगायतका जिल्लामा राष्ट्रसेवकमाथि भएका गैरन्यायिक घटनाहरूका दोषीलाई कानुन अनुरुपको कारबाहीको माग गरिएको छ ।





