७ बैशाख २०८१, शुक्रबार

राष्ट्रिय सभा सदस्यमा माओवादीका पार्की विजयी



धनगढी / राष्ट्रिय सभा सदस्यमा सुदूरपश्चिमबाट दलित क्षेत्रबाट सत्तारुढ गठवन्धका उम्मेदवार जगत पार्की विजयी भएका छन् ।

नेकपा माओवादी केन्द्रका नेता पार्की ३७६२ मत पाएर विजयी भए । उनलाई प्रदेश सभाका ३९ र स्थानीय तहका १०५ जनाले मतदान गरेका छन् ।

यस्तै पराजीत एमालेका उम्मेदवार नरेश विकले प्रदेश सभातर्फ १२ र स्थानीय तहका ६७ गरेर १७८२ मतभार पाए ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्यको ४८ र स्थानीय तहका पदाधीकारीको १८ मतभार रहेको छ ।

महिला र खुलामा पनि गठवन्धनकै उम्मेदवार क्रमश मदनकुमारी शाह गरिमा र नारायणदत्त मिश्र विजयी भएका छन् ।

सुदूरपश्चिममा शतप्रतिशत मत खसेको छ । प्रदेश सभाका ५२ र स्थानीय तहका १७५ जनाले मतदान गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार