८ बैशाख २०८१, शनिबार

राष्ट्रिय सभा सदस्यमा मिश्र विजयी



धनगढी / राष्ट्रिय सभा सदस्यमा सुदूरपश्चिम प्रदेशबाट खुलातर्फ नेपाली काँग्रेसका नारायणदत्त मिश्र विजयी भएका छन् ।

राष्ट्रिय सभा निर्वाचनका सहायक निर्वाचन अधिकृत प्रेम भट्टका अनुसार मिश्र ३७४४ मतभार पाएर विजयी भएका हुन ।

मिश्रले प्रदेश सभाका ५२ जनामध्ये ३९ अर्थात १८७२ र यस्तै स्थानीय तहका १७५ मध्ये १०४ अर्थात १८७२ मतभार पाए ।

पुराना नेता मिश्र ०४९ सालमा कैलाली जिल्ला विकास समितिको उपसभापति र ०५४ मा सभापति थिए ।

मिश्रका प्रतिद्धन्द्धी नेकपा (एमाले) का पुराना नेता डिल्लीराज भट्टले प्रदेश सभाका १३ र स्थानीय तहका ६९ गरेर १८६६ मतभार पाए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार