१४ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिम प्रदेशबाट शाह राष्ट्रिय सभा सदस्य निर्वाचित



धनगढी / राष्ट्रिय सभा सदस्यका लागि सुदूरपश्चिमबाट महिलातर्फ मदनकुमारी शाह (गरिमा) निर्वाचित भएकी छन् ।

नेकपा एकीकृत सभाजवादीकी उम्मेदवार शाहले ३८३४ मतभार पाएर विजयी भइन । उनको प्रदेश सभातर्फ एक र स्थानीय तहतर्फ दुई मत वदर भएको थियो ।

शाहले प्रदेश सभामा ३९ अर्थात १८७२ मत पाइन । प्रदेश सभा सदस्यको एक भोटको ४८ मतभार मानिन्छ ।

यस्तै स्थानीय तहका १०९ जनाबाट १९६२ मतभार शाहको पक्षमा आएको छ । स्थानीय तहको एक मतको १८ मतभार मानिन्छ ।

शाह २०७० सालको संविधान सभा सदस्य पनि हुन । उनी अहिले नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिव र प्रदेश इन्चार्ज पनि हुन ।

शाहकी प्रतिद्धन्द्धी छाया थापा सन्तोषले १७२८ मतभार पाएकी छन् । प्रदेश सभामा १२ अर्थात ५७६ मत पाइन । यस्तै स्थानीय तहका ६४ जनाबाट ११५२ मतभार थापाको पक्षमा आएको छ ।

खुला र दलित तर्फको मतगणना पनि प्रदेश सभामा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार