१० श्रावण २०८१, बिहीबार

एमालेको सुदूरपश्चिम प्रदेश सभाको प्रमुख सचेतकमा भट्ट




धनगढी / नेकपा (एमाले) सुदुरपश्चिम प्रदेश संसदीय दलको बैठकले सो दलको प्रमुख सचेतकमा लिलाधर भट्टलाई चयन गरेको छ ।

एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टको प्रमुख उपस्थितिमा सोमबार भएको वैठकले सो निर्णय गरेको एमालेका प्रदेश कमिटी सचिव प्रदेश सचिव धर्मराज पाठकले बताए ।

भट्ट बैतडीबाट निर्वाचित प्रदेश सभा सदस्य तथा एमाले केन्द्रीय सदस्य पनि हुन । भट्टले प्रदेश सभा बैठकमा सक्रियतापूर्वक भाग लिदै पनि आएका छन् ।

सो वैठक संसदीय दलका नेता प्रकाशबहादुर शाहको अध्यक्षतामा बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार