११ जेष्ठ २०७९, बुधबार

जिल्ला प्रशासनका १५ जनामा कोरोना देखिएपछि सेवा बन्द



फाइल फोटो

धनगढी / १५ जना कर्मचारीमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले अत्यावश्यकबाहेक प्रशासनद्वारा प्रवाह हुने सबै सेवा स्थगन गरेको छ ।

प्रशासनले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि सबै सेवा स्थगन गरेको हो । कार्यालयमा कार्यरत अन्य कर्मचारीहरुमा पनि कोभिडको लक्षण देखिएको र उनीहरु सबै जना होम आइसोलेसनमा बसिरहेको जनाइएको छ ।

सूचना अधिकारी शिवराज जोशीका अनुसार एक जना प्रशासकीय अधिकृतसहित १५ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनले शान्तिु सुरक्षा र मुद्दाबाहेकका सबै सेवा स्थगन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार