७ बैशाख २०८१, शुक्रबार

प्रदेश सभा दिवसमा मुख्यमन्त्रीले भने जग्गाको भोगाधिकार नपाउदा राजधानी बन्न सकेन




धनगढी / सुदूरपश्चिम प्रदेश सभा गठन भएको चार वर्ष पूरा भएको अवसरमा धनगढीमा विभिन्न गतिविधि गरिएको छ ।

यसक्रममा शुक्रबार प्रदेश सभा परिसरमा प्रदेश सभाका काम कार्वाही बारे संक्षिप्तरुपमा समिक्षा गरिएको छ ।

सो अवसरमा बोल्दै सुदूरपश्चिम प्रदेशका पमुख देवराज जोशीले कोरोना महामारीका यसपटक वृहतरुपमा प्रदेश सभाका बारेमा समिक्षा गर्न नसकिए पनि आगमी दिनमा रचनात्मकढंगले समिक्षा गर्नु पर्ने बताए ।

मुख्यमन्त्री त्रिलोचन भट्टले सङ्घीयता कार्यान्वयन शुरुवातकै चरणमा त्यसमाथि प्रश्न गर्नु ठिक नहुने बताए । एउटा व्यवस्था शुरु भएकै हुँदैन आलोचना हुन थाल्छ त्यो हाम्रो संस्कार ठिक भएन उनको भनाइ छ ।

उनले सङ्घ सरकार र प्रदेश सरकारका कानुन बाझिदा जनताका काम गर्न कठिनाइ भएको समेत चर्चा गरे । उनले उदाहरण दिदै भने, सङ्घ सरकारसित कानुन बाझिदा बाढी÷पहिरो पीडित तथा मृतकका आफन्तलाई राहत र क्षतिपूर्ति दिन सकेका छैनौ ।

मुख्यमन्त्री भट्टले प्रदेश सरकारसंग जग्गा दिने अधिकार नहुँदा राजधानी घोषणा भएको चार वर्ष पुग्दा समेत निर्माण हुन नसकेको बताए । उनले सङ्घ सरकारले राजधानीका लागि जग्गा नदिएको गुनासो पनि गरे ।

हामीले आफै सचिव राख्न र सरुवा गर्ने व्यवस्था नहुन्जेल प्रदेश सरकारले गति पाउदैन मुख्मन्त्री भट्टको भनाइ थियो प्रदेश सरकार मातहतको सरकार होइन भन्ने बुझ्न जरुरी छ । उनको गुनासो थियो प्रदेश प्रहरी हामी मातहत आउनै सकेन, लोक सेवाको काम गर्न पनि सङ्घको कानुन वाधक छ ।

काम गर्नका लागि धेरै बाधा अड्चन छन् तैपनि हामीले कृषि, सडक र स्वास्थ्यमा राम्रो काम गरेका छौ मुख्यमन्त्री भट्टको दावी छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता रणबहादुर रावलले अझै सुदूरपश्चिम प्रदेशका जनताको मुहार फेर्नेलाई प्रदेश सभाका दलहरु क्रियाशिल हुनुपर्ने बताए । उनले पनि अस्थिर कर्मचारीतन्त्रले गर्दा पनि विकासका काम अघि बढ्न नसकेको बताए ।

हामी संस्थापक प्रदेश सभा सदस्य हौ त्यसैको जगमा प्रदेश सरकार बनेको छ त्यसैले पनि दीर्घकालिनसम्म सकरात्मक प्रभाव पार्ने काम गर्नुपर्छ नेता रावलको भनाइ थियो ।

रावलले भने पुस मसान्तसम्म पनि प्रदेश सरकारको बजेट आठ प्रतिशत मात्र खर्च हुनु दुःखद भएको बताए ।

सुदूरपश्चिम प्रदेश सभा सचिवालयले हरेक वर्ष माघ ७ गतेका दिन प्रदेश सभा स्थापना दिवस मनाउदै आइरहेको छ । कार्यक्रममा सभामुख अर्जुनबहादुर थापाले कोरोनाका कारण जिल्लाजिल्लामा नमुना संसद चलाउने कार्यक्रम प्रभावित भएकोले आगाी दिनमा ती कार्यक्रम सञ्चालन गरिने बताए । उनले प्रदेश सभाले चार वर्षको अवधीमा गौरवपूर्ण काम गरेको पनि बताए ।

कार्यक्रमम प्रदेश सभा सचिवालयमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई प्रमाणपत्र र नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।

सो अवसरमा सुदूरपश्चिम प्रदेश सभामा क्रियाशिल संसदीय मामिला पत्रकार समाजलाई पनि संस्थागतरुपमा सम्मान गरिएको थियो । सो संस्थाको सम्मान पत्र अध्यक्ष प्रकाशविक्रम शाहले ग्रहण गरेका थिए ।

प्रदेश सभा दिवसकै अवसरमा यसअघि माघ ५ गते पत्रकार र ६ गते युवासित अन्तरक्रिया पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार