७ बैशाख २०८१, शुक्रबार

प्रदेश सभा र युवा विद्यार्थी विषयक अन्तरक्रिया कार्यक्रम




धनगढी /
प्रदेश सभा सचिवालय सुदूरपश्चिम प्रदेशले पाँचौ प्रदेश दिवसको अवसर पारेर यूवा विद्यार्थी र संसद विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

युवालालाई संसदको काम कर्तव्य कानून वन्ने प्रक्रियाका वारेमा जानकारी दिन कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा प्रदेश सभा सदस्यहरु क्रमश दुर्गा विकले प्रदेश सभाको साँगठनिक संरचना, रणवहादुर रावलले संसदका काम कर्तव्य, पठानसिंह वोहोराले प्रदेश सभाको वैठक सञ्चालन प्रक्रिया र महेशदत्त जोशीले कानून निर्माणको प्रक्रियाको वारेमा जानकारी प्रदान गरे ।

प्रदेश सभा सदस्यहरुले संसद र युवा विद्यार्थीको विचमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमले युवामाझ संसदीय मामिला सम्वन्धी जानकारी प्रवाह गर्न र उनीहरुलाई सुसुचित गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरेका थिए ।

सहभागिहरुको जिज्ञासको जवाफ दिंदै सभामुख अर्जुनकुमार थापाले प्रदेश सभाले युवासंगको संवाद तथा अन्तरक्रियाको अभ्यासको थालनी गरेकाले आगामी दिनमा यस्ता कार्यक्रमलाइ निरन्तरता दिइने बताए ।

कार्यक्रममा कैलाली र कञ्चनपुरका विभिन्न क्याम्पसका स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार