५ पुष २०८२, शनिबार

कञ्चनपुर एमालेको अध्यक्षमा विष्ट विजयी




महेन्द्रनगर / नेकपा एमाले कञ्चनपुरको ८औं महाधिवेशनअन्तर्गत मंगलबार भएको चुनावमा जिल्ला अध्यक्ष पदमा सुरेन्द्र विष्ट विजयी भएका छन् ।

अध्यक्षका अर्का उम्मेदवार वीरबहादुर थापा पातललाई पराजित गर्दै विष्ट विजयी भएका हुन् ।

४९९ मतदाता रहेको जिल्ला अधिवेशनमा ४७० मत खसेको थियो । विष्टले २८१ मत पाएका छन्। पातलले १८३ मत प्राप्त गरे ।

उपाध्यक्षमा विष्ट प्यानलकै लक्ष्मी बुढा २५४ मत पाएर विजयी भइन । उनका प्रतिद्धन्द्धी महेशप्रसाद पन्तले २०५ प्राप्त गरे ।

सचिवमा पल्लवराज भट्ट कडा प्रतिस्पर्धाबाट विजयी भएका छन् । उनले २३३ मत पाए । यस्तै दुई उपसचिवमा कर्णबहादुर चन्द ३४७ ,फैरु तामाङ २९६ मत पाएर विजयी भए । विजयी तीनै जना विष्ट समूहका हुन ।

सचिवमा पराजीत वेदकोट नगरपाकिाका मेयर अशोक चन्दले २२६ , उपसचिवमा पराजित शेरबहादुर चन्द १९७ मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार