मन्त्री आलेको गाडीलाई कारले ठक्कर दियो

धनगढी / धनगढीमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा परेको छ।
मन्त्री आले चढेको सु.प.प्रदेश ०१-००१ झ ३३३ नम्बरको गाडीलाई बा ४च १३७७ नम्बरको कारले ठक्कर दिएको थियो । मंगलबार राति धनगढी विमानस्थल नजिकै मन्त्री आलेको गाडी सडकमा दुर्घटनामा परेको हो।
कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुुसार धनगढी विमानस्थलबाट बाहिरिने क्रममा निजी कारले मन्त्री आले चढेको गाडीमा राति ८ २० बजे ठक्कर दिएको थियो ।
कारले ठक्कर दिए पनि सवार रहेका मन्त्रीसहित सबै जना सकुशल छन् । मन्त्री आले राति नै अर्को गाडी चढेर कञ्चनपुर गएको प्रहरीले जनाएको छ ।
प्रहरीले कार चालकलाई निन्त्रणमा लिएको छ ।