१६ चैत्र २०८०, शुक्रबार

एमाले कैलालीमा मिश्रित परिणाम : अध्यक्षमा थापा चार मतले विजयी



एमाले कैलालीका निर्वाचित पदाधीकारी


धनगढी / नेकपा (एमाले) कैलालीको आठौ अधिवेशनबाट अध्यक्षमा रतन थापा चार मतले विजयी भएका छन्। अध्यक्षका अर्का उम्मेदवार रणबहादुर चन्दलाई चार् मतले पराजित गर्दै थापा अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

अध्यक्षमा थापाले २८७ मत र चन्दले २८३ मत पाए।

उपाध्यक्षमा थापा समूहकै दुर्गाप्रसाद जोशी विजयी भएका छन् । जोशी ३२७ मत पाए भने सिताराम बुढाथोकीले २०९ मत पाए।

सचिव र उपसचिवमा भने चन्द प्यानलका डेजी पाण्डे, लोकेन्द्र शाही र ममता चौधरी विजयी भएका छन् । सचिवमा डेजी पाण्डेले २९४ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्दी दानबहादुर विकले २६० मत पाए।

यस्तै उपसचिवमा ममता चौधरी २९० र लोकेन्दबहादुर शाही १९६ मत पाएर विजयी भएका छन्। उपसचिवमा मदनराज ओझाले १७० र प्रेम चौधरीले १७१ मत पाएर पराजय भोगेका छन् ।

समूह विना उपसचिवमा एक्लै लडेका युवा नेता विनय शाहले १७८ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार