७ बैशाख २०८१, शुक्रबार

एमाले बाग्लुङमा १० बुँदे पक्षधर विजयी




धनगढी / एमालेको दश बुँदे पक्षधरले बाग्लुंग जिल्लामा जितेको छ । दश बुँदे पक्षले जितेको बाग्लुंग पहिलो जिल्ला भएको बताइएको छ ।

सहमति जुटन नसकेपछि भएको चुनावमा दशबुँदे पक्षधर हिराबहादुर केसी अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

उनले प्रतिस्पर्धी कृष्ण पाठकलाई सयभन्दा बढी मतान्तरले पराजित गरे । अध्यक्ष पदका लागि ३ जनाले प्रतिस्पर्धा गरेका थिए ।

विजयी भएका अध्यक्ष केसीले ३ सय २९ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी पाठकले २ सय २८ मत ल्याए भने अर्का प्रतिस्पर्धी मेहरसिंह पाइजाले जम्मा ३४ मत मात्र पाए ।

बाग्लुंगमा यसअघि पनि १० बुँदे पक्षधर इन्द्रलाल सापकोटा अध्यक्ष थिए । उनी प्रदेश सभा सदस्य पनि हुन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार