१३ बैशाख २०८१, बिहीबार

शाहले टीम विना नै उपसचिवमा एक्लै लड्ने आँट गरे




धनगढी / एमाले कैलालीका वर्तमान अध्यक्ष र उपाध्यक्षले अलगअलग समूह बनाएर चुनावमा होमिएको बेला इन्जिनियर समेत रहेका युवा नेता विनय शाहले उपसचिव पदमा टीम विना नै लड्ने आँट गरेका छन् ।

१६ वर्ष अघि २०६२ सालमा अनेरास्ववियुबाट नेकपा एमालेको राजनीतिमा प्रवेश गरेका शाहले आफू चुनाव जित्ने विश्वास गरेका छन् । एमाले कैलालीको महाधिवेशन आयोजक कमिटिमा समेत रहेका शाह निवर्तमान जिल्ला कमिटि सदस्य समेत हुन् ।

उनले राजनीतिमा युुवा पुस्ताको उपस्थितिलाई मुुख्य एजेण्डा उठाउँदै पार्टीको आन्तरिक गुटबन्दी र अराजकताका विरुद्ध आफ्नो उम्मेदवार भएको बताए ।

२०६२ सालमा काठमाडौँको नेपाल कलेज अफ इनफर्मेसन टेक्नोलोजी (एनसीआईटी) बाट एमालेको पार्टीको भातृ संगठन अनेरास्ववियुुबाट उनी राजनीतिमा प्रवेश गरेका हुन् ।

विद्यार्थी राजनीतिमा प्रवेश गरेको छोटो समयमै आर्जन गरेको लोकप्रियताकै कारण २०६६ सालमा शाहले पोखरा विश्वविद्यालयको इकाइ कमिटी अध्यक्षको जिम्मेवारी पाए ।

पोखरा विश्वविद्यालयमा इकाइ कमिटी अध्यक्षका रुपमा काम गर्दा संगठनलाई बलियो बनाउन शाहले खेलेको भूमिकाकै कारण उनी त्यसको करीब दुुई वर्षपछि अनेरास्ववियुकै केन्द्रीय कमिटिको सदस्य भए ।

२०७२ सालमा एमालेको भातृ संगठन युवा संघको केन्द्रीय कमिटि सदस्यमा बनेका शाह जिल्लादेखि प्रदेश हुुँदै अ‍नेरास्ववियुु र युुवा संघको राष्ट्रिय राजनीतिमा आफ्नो पकड जमाएका थिए ।

शाहसँग एसियाली विद्यार्थी संघको महासचिव, विश्व प्रजातान्त्रिक युुवा संगठनको अन्तराष्ट्रिय सम्मेलन आयोजक कमिटी सदस्य र कैलाली जिल्ला सदस्य भएर काम गरेको अनुुभव छ । उनी पेशाले इलेक्ट्रोनिक एण्ड कम्युनिकेशन इन्जिनियर र सिस्टम इन्जिनियर समेत हुन् ।

शाहले इनटरनेशनल रिलेसनसिप माटर्सका रुपमा पनि काम गरिसकेका छन् ।

शाहलाई समर्थन गरेर धेरै युवाले जिल्ला कमिटी सदस्यमा समेत उम्मेदवारी दिएका छन्

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार