७ बैशाख २०८१, शुक्रबार

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिमबाट शाह, मिश्र र पार्कीको उम्मेदवारी दर्ता




धनगढी / राष्ट्रियसभा सदस्यका लागि सत्तारुढ गठवन्धनका तीन उम्मेदवारहरुले धनगढीस्थित निर्वाचन आयोगको कार्यालयमा उम्मेदवारी दर्ता गरेका छन् ।

गठवन्धनबाट महिलातर्फ नेकपा (एकीकृत समाजवादी) बाट सो पार्टीका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज मदनकुमारी शाह (गरिमा), खुलातर्फ नेपाली काँग्रेसका नारायणदत्त मिश्र, दलिततर्फ नेकपा (माओवादी केन्द्र) का जगत पार्कीले उम्मेदवारी दर्ता गरेका हुन ।

सुदूरपश्चिममा रिक्त तीन राष्ट्रियसभा सदस्यका लागि सत्तारुढ नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीवीच गठवन्धन भएको छ ।

गठवन्धनका उम्मेदवारहरु जलुस सहित उम्मेदवारी दर्ता गर्न गएका थिए । उम्मेदवारी दर्ता कार्यक्रममा समाजवादीका प्रदेश स्थायी समिति सदस्य उर्वादत्त पन्त, अध्यक्ष विक्रमबहादुर शाही, संसदीय दलका नेता दीर्घबहादुर सोडारी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्ष्मणदत्त जोशी लगायतका नेताहरुको उपस्थिति थियो ।

सातवटै प्रदेशमा पुस २० गते मनोनयन र माघ १२ गते निर्वाचन हुने कार्यक्रम छ ।

सुदूरपश्चिममा लागि १७५ स्थानीय तहका प्रमुख तथा उपप्रमुख र प्रदेश सभाका ५२ जना सदस्य मतदाता छन् । स्थानीय तहका एक मतदाताको मतभार १८ छ । यस्तै प्रदेश सभाका एक मतदाताको मतभार ४८ कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार