२३ बैशाख २०८१, आईतवार

सुदूरपश्चिमबाट गरिमा शाह राष्ट्रियसभा सदस्यको उम्मेदवार



मदनकुमारी शाह (गरिमा) . राष्ट्रियसभा सदस्यको उम्मेदवार

धनगढी / नेकपा (एकीकृत समाजवादी )ले सुदूरपश्चिम प्रदेशबाट सो पार्टीका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज मदनकुमारी शाह (गरिमा) लाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको छ ।

शाह महिला तर्फको क्षेत्रबाट उम्मेदवार भएकी हुन । शाह यसअघि ०७० सालको संविधान सभा सदस्य पनि हुन ।

सुदूरपश्चिममा रिक्त तीन राष्ट्रियसभा सदस्यका लागि सत्तारुढ नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीवीच गठवन्धन भएको छ । काँग्रेस र माओवादीको उम्मेदवार भने तय भएका छैनन् ।

समाजवादीले प्रदेश १ बाट जयन्ती राई , बागमतीबाट गोमा तिमल्सिना, लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे , कर्णालीबाट उदय बोहोरालाई उम्मेदवार बनाएको छ ।

सातवटै प्रदेशमा पुस २० गते मनोनयन र माघ १२ गते निर्वाचन हुने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार