प्रधानमन्त्री,मन्त्री भएकाहरु भन्दा मैले धेरै काम गरेको छु : सांसद राना

धनगढी / प्रतिनिधि सभाका सदस्य नारदमुनी रानाले प्रधानमन्त्री, मन्त्री भइसकेकाहरु भन्दा आफूले धनगढीको विकासका लागि धेरै पहल गरेको बताएका छन् ।
धनगढीमा आयोजित नागरिक वचत तथा ऋण सहकारी संस्थाको ११ औं साधारण सभाको बिहीबार उद्घाटन गर्दे सांसद रानाले धनगढीमा जितेपछि शेरबहादुर देउवा चौथो पटक प्रधानमन्त्री भए अरु पनि धेरै सांसद र मन्त्री भए तर धनगढीको विकासले गति लिएन ।
उनले आफू सांसद भएपछि गरेको पहलले धनगढी खुटिया सडकको काम अगाडि बढेको छ । धनगढी फुलवारीको हुलाकी सडक चार लेनको हुँर्दैछ । धनगढीमा पनि शहरी विकास कार्यक्रम अन्तरगत धेरै काम भइरहेका छन् ।
उनले कैलाली क्षेत्र नम्बर ५ का झण्डै ७० विद्यालयको भौतिक र शैक्षिक विकासमा पनि आफूले काम गरेको बताए ।
उनले धनगढी उपमहानगरले सहयोग नगर्दा विभिन्न सडकहरुमा जग्गाको समस्या समाधान नहुँदा सडक साघुँरा हुन थालेको पनि बताए । विकास गर्दा आफ्ना मान्छेको जग्गा काटिन्छ भनेर हुँदैन उनले भने ।
उनले केपी ओली सरकारले १४४० सडक बनाउन खोजे पनि अहिलेको सरकारले अध्यादेशबाट धेरै सडक काटेको बताए ।




