समाजवादी कैलालीको अध्यक्षमा : रावल

धनगढी / नेकपा (एकीकृत समाजवादी) कैलालीको जिल्ला अध्यक्षमा भैरवबहादुर रावल छानिएका छन् ।
शनिबार धनगढीमा भएको भेलाले रावलको नेतृत्वमा सर्वसम्मतरुपमा २०१ सदस्यीय नयाँ कमिटी गठन गरेको हो ।
सो कमिटीमा विमलकुमार जोशी वरिष्ठ उपाध्यक्ष, रत्ना कडायत उपाध्यक्ष, खडक रावत सचिव, वखत विष्ट, दीर्घ जोशी र प्रेमलाल चौधरी उपसचिव छानिएका छन् ।
पदाधिकारी र सदस्यलाई सो पार्टीका केन्द्रीय उपमहासचिव विजयकुमार पौडेलले सपथग्रहण गराएका थिए ।




