१० श्रावण २०८१, बिहीबार

समाजवाद ल्याउने गरेर काम गर्छौः उपमहासचिव पौडेल



धनगढी / नेकपा (एकीकृत समाजवादी) केन्द्रीय उपमहासचिव डा. विजयकुमार पौडेलले पार्टीलाई बलियो बनाउन लाग्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

धनगढीमा भएको कैलालीको जिल्ला भेलामा शनिबार बोल्दै डा. पौडेलले सो कुरा बताएका हुन । उनले विगतमा केपी ओली सरकारले बजेटमा समाजवादको स पनि उच्चारण नगरेको बताउदै आफ्नो दलले समाजवाद ल्याउनका लागि काम गर्ने बताए ।

भेलालाई सचिव तथा सुदूरपश्चिम इन्चार्ज गरिमा शाह, स्थायी समिति सदस्य भानुभक्त जोशी, प्रदेश अध्यक्ष विक्रम शाही, पोलिटव्युरो सदस्य हनुमान चौधरी, प्रदेश सचिव दिनेशचन्द्र सुवेदी, केन्द्रीय सदस्यहरु लक्ष्मण कुँवर, पूर्णा जोशी, चुनकुमारी चौधरी लगायतले बोलेका थिए ।

भेला केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष दीर्घ सोडारीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार