३ जेष्ठ २०८१, बिहीबार

प्रधानमन्त्री महिला (टी २०) क्रिकेट कपको तयारी पूरा



धनगढी / प्रधानमन्त्री कप राष्ट्रिय महिला (टी २०) क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

पुस ३ गतेदेखि ११ गतेसम्म धनगढीमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको सुदूरपश्चिम प्रदेश प्रादेशिक किक्रेट संघका अध्यक्ष हरि रेग्मीले बताए ।

विहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष रेग्मीले दिएको जानकारी अनुसार सो प्रतियोगितामा आठवटा टीमले भाग लिने भएका छन् ।
उनका अनुसार सात प्रदेशका सातवटा प्रदेशका सात र शसत्र प्रहरी वल नेपालका महिला टीम सहभागी हुने छन् ।

राष्ट्रिय खेलकुद परिषदको सहयोगमा नेपाल क्रिकेट संघ नेपाल केन्द्र , मुख्य आयोजक र क्रिकेट संघ सुदूरपश्चिमको सहआयोजनामा सो प्रतियोगिता हुन थालेको हो ।

प्रतियोगिताका लागि राखेपले २२ लाख सहयोग गर्ने र नपुगेको रकम क्रिकेट संघ केन्द्रले व्यहोर्ने प्रदेश अध्यक्ष रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार