३ जेष्ठ २०८१, बिहीबार

संसदको बैठकको अवरोध एमसिसी अनुमोदन गर्ने खेल त होइन : रावल



धनगढी / नेकपा (एमाले) का नेता भीम रावलले आफ्नै पार्टीले संसद् बैठक अवरुद्ध गरेकामा आपत्ति जनाएका छन्।

बुधबार ट्विट गर्दै रावलले सरकारका कामकारबाही गर्न दिएर संसद्का बैठकहरू अवरुद्व गर्नुको औचित्य नभएको बताएका छन्।

रावलले कतै कसैलाई बोल्ने मौका नै नदिएर होहल्लाको बीचमा एमसिसीसँग गरेको सम्झौता अनुमोदन गर्ने खेल त होइन भन्दै प्रश्न गरेका छन्

। यस्तो गरे राष्ट्रघात ठहरिने रावलको भनाइ छ।

एमालेले चालू अधिवेशनको पहिलो बैठक पनि अवरुद्व गरेको थियो।

बैठक अवरुद्ध गर्ने निर्णयलाई निरन्तरता दिने एमालेले बताएको छ। यसअघि अघिल्लो अधिवेशनका बैठक पनि एमालेले अवरुद्ध गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार