३ जेष्ठ २०८१, बिहीबार

देउवालाई ८२ मत पुगेन, सभापतिमा फेरि निर्वाचन हुँदै



देउवा र कोइरालाविच ५१ प्रतिशत पुगाउन दोस्रो चरणको चुनाव हुँदै

प्रकाशमान र विमलेन्द्र कता लाग्लान

तस्बिर गुगलबाट

धनगढी ./ नेपाली काँग्रेसको सभापति हुन वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई ५१ प्रतिशत अर्थात ८२ मत नपुगेपछि फेरि निर्वाचन हुने भएको छ । सभापति हुन २३४० मत आवश्यक थियो ।

आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । यस अनुसार कुनै पनि उम्मेदवार निर्वाचित हुन २३४० मत चाहिन्थ्यो ।
तर देउवाले २२५८ मत मात्र पाए । अर्का उम्मेदवार शेखर कोइरालाले १७४९ मत पाएका छन् । अब दोस्रो चरणमा सभापतिका लागि देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुनेछ ।

तेस्रो स्थानमा रहेका प्रकाशमान सिंहले ३३५, चौथो स्थानमा रहेका बिमलेन्द्र निधिले२३९ र पाँचौ स्थानमा रहेका कल्याण गुरुङले भने २० मत पाएका छन् । दोस्रो चरणमा प्रकाश, विमलेन्द्र र कल्याण उठ्न पाउदैनन् । उनीहरु सभापतिको दौडबाट बाहिरिएका छन् ।

दोस्रो चरणमा देउवालाई विमलेन्द्र वा प्रकाश कसैले सहयोग गरे चुनाव जित्ने छन् भने कोइरालाले जित्न प्रकाश र विमलेन्द्र दुवैको सहयोग आवश्यक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार