१२ बैशाख २०८१, बुधबार

आर्थिकरुपमा सक्रिय ३० प्रतिशत जनसंख्यालाई बैंकिङ सेवा : एनआइसी एशिया प्रदेश प्रमुख भट्ट



टेकराज भट्ट एनआइसी एशिया बैंकका सुदूरपश्चिम प्रदेश, कार्यालय धनगढीका प्रमुख हुन । प्रस्तुत छ प्रदेश प्रमुख भट्टसंग अनुमोदन खवर डटकमले एनआइसी एशिया बैंकको २४ औं वार्षिकोत्सवको अवसरमा बैंकको व्यवस्थापन कौशलता र नयाँ कार्यक्रम बारे गरिएको कुराकानीको पूर्ण पाठ ।

तपाईं एनआईसी एशिया बैंकको प्रदेश प्रमुख हुनुहुन्छ, । यस प्रदेशमा एनआईसी एशिया बैंकको उपस्थिति तथा बैंकिङ पहुँच कस्तो छ ?
एनआईसी एशिया बैंकले शाखा कार्यालय तथा विस्तारित काउन्टरमार्फत देशका कुना कुनामा पुगेर बैंकिङ्ग सेवा दिइरहेको छ । नेपालको सुगम शहरदेखि दुर्गम गाउँसम्म एनआईसी एशिया बैंकको शाखा कार्यालयहरुको बलियो उपस्थिती रहेको छ ।

आजको दिनमा एनआईसी एशिया बैंककले नेपालको आर्थिक रुपले सक्रिय जनसंख्याको ३० प्रतिशत भन्दा बढी जनसंख्यालाई बैंकिङ्ग सेवा दिइरहेको छ ।

हाम्रा ग्राहक महानुभनवहरुको विश्वास र भरोसाले गर्दा आज एनआईसी एशिया बैंक मुलुकभर सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक बन्न सफल भएको छ । तपाईलाई पनि थाहा छ नि एनआईसी एशिया बैंक विभिन्न वित्तीय तथा गैर वित्तीय सूचकहरुमा १ नम्बरमा रहेको छ ।

यस बैंकका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ६८ वटा विस्तारित काउन्टर एवं १ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा मार्फत २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरेर २ लाख २७ हजार ग्राहक महानुभावहरूलाई सेवा प्रवाह गरिहेको छ ।

बैंकले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

हामीले नेपालको ७३ जिल्लामा शाखा कार्यालय विस्तार गरी सेवा प्रवाह गरिरहेका छौं । नेपाल सरकारको सबै नागरिकसम्म बैंकिङ पहुँच पुर्याउने अभियानमा योगदान पुर्याउने उद्देश्यले हामीले सुदुरपश्चिम प्रदेशका २० वटा स्थानीय तहमा शाखा सञ्चालनमा ल्याइसकेका छौं । यस प्रदेशमा हाल ९ जिल्लामा २१ वटा शाखा कार्यालय, एटीएम २४ वटा र एक्स्टेन्सन काउण्टर ३ वटा सञ्चालनमा रहेका छन् ।

प्रदेशका ग्रामीण क्षेत्रसम्म बैंक पुग्न सकेकाले स्थानीय उद्यमी, व्यवसायी, व्यापारीहरु र सर्वसाधारण जनतालाई ठूलो राहत मिलेको हामीले अनुभूति गरेका छौं । हामी यसलाई अझै सहज बनाउनै डिजिटल माध्यमबाट सबैको हात हातमा बैंकिङ्ग सेवा पुर्याउने अभियानमा लागेका छौं । हामीले विशेष गरेर यस प्रदेशको आर्थिक वृद्धि तथा रोजगारी सिर्जनामा टेवा पुर्याउने हेतुले कृषि क्षेत्र, साना उद्यम कर्जा, उद्योग र व्यापारमै कर्जा लगानी गरेका छौं ।

नेपालको सबैभन्दा ठूलो शाखा संजाल तथा ग्राहक संख्या भएको एनआईसी एशिया बैंकलाई अन्य बैंकको तुलनामा भिन्न रणनीति भएको बैंकको रुपमा हेरिन्छ । किन एनआईसी एसिया भिन्नरुपमा अघि बढीरहेको छ ?
एनआईसी एसिया बैंक अरू बैंकभन्दा भिन्न रणनीति लिएर हिडिरहेको बैंक हो । यो आम सर्वसाधारणले भोगेको र देखेको कुरा हो । यही भिन्न रणनीतिप्रति ग्राहक महानुभावहरुले विश्वास तथा भरोसा देखाउनु भएकै कारणले गर्दा पछिल्लो समयमा यस बैंकले आफूलाई सबैभन्दा ठूलो शाखा संजाल तथा सबैभन्दा बढी ग्राहक महानुभावहरु भएको देशकै अग्रणी बैंकको रुपमा उपस्थित गराउन सफल भएको छ ।

बैंकले अख्तियार गरेको पाँच सूत्र सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायितालाई बैंकले आफ्नो बैंकिङ अभ्यासमा आत्मसात् गरेर अगाडि बढाएकाले बैंकले ग्राहकमैत्री र स्तरीय बैंकिङ्ग सुविधा दिदैँ आएको छ र यसैको उपज बैंकलाई सर्वसाधारणले रुचाएको हो भन्ने बुझाई छ ।

एनआईसी एसिया बैंकले पछिल्लो समय आफूलाई परिष्कृत गर्दै नविन डिजिटल सेवा मार्फत ग्राहक महानुभावहरुलाई अत्यन्त आधुनिक बैंकिङ्ग सेवा प्रवाह गर्दै आएको छ । ग्राहकहरूले जुन बैंकबाट उच्चतम फाइदा र सहजरूपमा छिटो छरितो सेवा पाउछन्, त्यही बैंक नै रोज्छन् ।

डिजिटल फस्टको अवधारणा अंगिकार गर्दै खाता खोल्नेदेखि कर्जा आवेदन दिनेसम्मको सुविधा अनलाइनबाटै गर्न सकिने ग्राहकमैत्री । अझै तपाईलाई भनु, एनआईसी एसिया बैंकको आइसर्भ सेवामार्फत शाखा कार्यालय पुगेर गर्नुपर्ने ३५ भन्दा बढी सेवा अनलाइनमार्फत नै लिन सकिन्छ । यस्तै सहज बैंकिङ्ग सेवाका कारण ग्राहक महानुभावहरु यस बैंकप्रति आकर्षित हुनुहुन्छ ।

एनआईसी एसिया बैंकले भर्खरै सर्वश्रेष्ठ बचत खाता सार्वजनिक गरेको छ, यो खाता कस्तो हो अलिकति बताइदिनुहोस् न । खाताको नाम पनि सर्वश्रेष्ठ नै कसरी राखियो ?
हामीले बजार सर्वेक्षण गरेर, ग्राहक महानुभावहरुको चाहाना र आवश्यकताहरुलाई विश्लेषण गर्दै उहाँहरुले चोहको जस्तै बचत खाता बनाउने क्रममा बजारमा हाल रहेको खाताहरुमा भन्दा सर्वाधिक उच्च ब्याजदर र अतुलनिय सुविधाहरुले भरिपूर्ण सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता सार्वजनिक गरेका छौं ।

अब सोच्नुहोस् न नाम सर्वश्रेष्ठ भएपछि खाता पनि त अहिले चलन चल्तिमा रहेका खाताहरु भन्दा सर्वश्रेष्ठ नै हुन प¥यो नि । बैंकको २४ औं वार्षिकोत्सवको अवसरमा २४ सर्वश्रेष्ठ फाइदा सहितको सर्वश्रेष्ठ बचत तथा मुद्दती खातामा सार्वजनिक गरेका छौं । ३ वटा बीमा सम्बन्धी फाइदाहरु, ३ वटै कर्जा सम्बन्धी फाइदाहरु र अन्य १८ सर्वश्रेष्ठ फाइदाहरु समावेश गरिएको छ ।

तपाईले पनि थाहा पाइसक्नुभएको होला सर्वश्रेष्ठ बचत खातामा हाल नेपालको बैंक तथा वित्तीय क्षेत्रकै सबैभन्दा उच्च वार्षिक ७.०५ प्रतिशत ब्याजदर प्रदान गरिएको छ । ब्याजदर मात्रै उच्च होइन हामीले रु २१ लाखसम्मको बीमा सुविधा, ५ वर्षसम्मको लागि डेबिट कार्ड, मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सुविधाका साथसाथै अन्य थुप्रै फाइदाहरु दिइरहेका छौं, मलाई लाग्छ सम्भवतः यो नेपालको बैंकिङ्ग क्षेत्रकै अहिलेसम्मकै सबैभन्दा उच्च फाइदा भएको निक्षेप योजना हो ।

हेर्नुहोस् न हामीले २०७५ चैत्र २० गतेदेखि नै बचत खातामा बीमा सुविधा दिँदै आएका छौं । अहिले बचत खातामा बीमा सुविधा त पाइन्छ तर, रु २१ लाख रुपैयाँसम्मको बीमा सुविधा तिनीहरुमध्ये पनि सबैभन्दा धेरै हो ।

यस सुविधालाई ग्राहक महानुभावहरूले अत्यन्त मन पराउनु भएकाले यस बचत योजनामा समेत उक्त योजनालाई निरन्तरता दिएका छौं । सर्वश्रेष्ठ बचत खातामा केही यस्ता सुविधाहरु पनि छन् जो ग्राहक महानुभावहरुले एक पटक खाता खोलिसकेपछि बैंकमा खाता रहँदासम्म प्रयोग गर्न सकिन्छ । थुप्रै सुविधाहरु पाँच वर्षसम्म निःशुल्क प्राप्त गर्न सकिन्छ र अन्य विश्वास नै गर्न नसकिने धेरै सुविधाहरु निःशुल्क प्राप्त गर्न सकिन्छ ।

तपाईले भनेको जस्तै बीमा सुविधा त यस अघिका खाताहरुमा पनि थियो नि, यस अघिका खाताहरु र सर्वश्रेष्ठ बचत खाताको बीचमा के अन्तर छ ?
यस अघिका खाताहरुमा जस्तै सर्वश्रेष्ठ बचत खातामा पनि केही सुविधाहरुलाई निरन्तरता दिएका छौं र ग्राहक महानुभावहरुको आवश्यकतालाई मध्येनजर गर्दै केही आकर्षक फाइदाहरु थप गरेका छौं ।

जस्तै, अघि पनि चर्चा गरियो यस अघिको खातामा जस्तै २१ लाख रुपियाँ बराबरको बीमाका फाइदालाई अहिले पनि निरन्तरता दिएका छौं । यस अघि न्यू प्रिमियम सुपर चमत्कारिक बचत खातामा एक वर्षको लागि निःशुल्क डेबिट कार्ड सुविधा थियो, अहिले हामीले त्यसलाई ५ वर्ष पुर्याएका छौं ।

यस खातालाई न्यूनतम मौज्दात र खातामा पाइने फाइदाका आधारमा गुडविल एम्बेसडर, प्राइड र पार्टनर गरेर तीन श्रेणीमा विभाजन गरिएको छ । र खातामा पाइने फाइदाहरुलाई पनि तीन भागमा छुट्याएर हेर्दा अझै सहज हुन्छ ।
ग्राहक महानुभावहरुले एक पटक सर्वश्रेष्ठ बचत खाता खोलिसकेपछि यी सेवाहरु आजिवन निःशुल्क प्राप्त गर्न सकिन्छः
C-ASBA सेवा
चेक प्रोसेसिङ्ग सेवा,
RTGS / IPS/CIPS
– लकर मार्जिन र लकर सेवाको वार्षिक शुल्क सधैभरी छुट
– ATM बाट पैसा निकाल्दा र मौज्दात जाँच वापतको शुल्क नलाग्ने
सर्वश्रेष्ठ बचत खातामा निम्न सेवाहरु ५ वर्षका लागि निःशुल्क प्राप्त गर्न सकिन्छः
-डेबिट कार्ड
-इन्टरनेट बैंकिङ्ग
-मोबाइल बैंकिङ्ग
– सर्वश्रेष्ठ बचत खातामा निम्न सेवा समेत प्राप्त गर्न सक्नुहुन्छः
– डिम्याट खाताको दर्ता शुल्कमा छुट
– मेरो शेयरको दर्ता शुल्कमा छुट
– Portfolio Management सेवामा पहिलो वर्ष ५०% छुट
-स्वीप इन स्वीप आउट सुविधा
-५ लाखसम्मको निःशुल्क क्रेडिट कार्ड – निःशुल्क Supplemantry क्रेडिट कार्ड
– निःशुल्क प्रिपेड डलर कार्ड
-निःशुल्क इकमर्स एक्टिभेसन
हेर्नुस् त कति धेरै फाइदाहरु छन् । एक पटक सर्वश्रेष्ठ खाता खोलिसकेपछि उहाँहरुले लिने सुविधालाई हामीले मौद्रिक मूल्यमा हिसाब गरेर हेर्दा न्यूनतम रु ३ लाख ३६ हजारको सुविधा पाइने प्रक्षेपण बैंकको रहेको छ । ग्राहक महानुभावहरुले वेबसाइटमा राखिएको Benefit Calculator बाट समेत खातामा पाइने सुविधालाई जाँच गरि हेर्न सक्नुहुन्छ ।

सर्वश्रेष्ठ बचत खातामा पनि यहाँहरुले गुडविल एम्बेसडर, प्राइड र पार्टनर गरी तीन श्रेणीका खाताहरु राख्नुभएका रहेछ । तीनै श्रेणीका खातामा अघि तपाईले भनेको जस्तै सबै फाइदाहरु छन् कि केही फरक छ ?
हो तपाईले ठिक भन्नुभयो हामीले मसर्वश्रेष्ठ बचत तथा मुद्दती खाताहरूमा गुडविल एम्बेसडर (The NIC ASIA Goodwill Ambassador), प्राइड (The Pride of NIC ASIA Bank) र पार्टनर (The Partner of NIC ASIA Bank) गरी तीन श्रेणीमा ल्याएको छ ।

पार्टनर श्रेणीमा न्यूनतम मौज्दात रू. २५,०००, प्राइडमा न्यूनतम रू. ५०,००० र गुडविल एम्बेसडर श्रेणीमा न्यूनतम रू. १००,००० मौज्दातमा खाता खोल्न सकिन्छ । यी सबै प्रकारका खातामा ७.०५ % को वार्षिक सर्वाधिक ब्याजदर प्राप्त हुनेछ र खाताका प्रकार अनुसारका विभिन्न २४ फाइदाहरु उपलब्ध हुनेछन् ।

जसमा गुडविल एम्बेसडर श्रेणीको खाताको सुविधाहरुको बारेमा अघि मैले उल्लेख गरिसकेको छु । गुडविल एम्बेसडर श्रेणीका सर्वश्रेष्ठ बचत खातासँगै १ वर्षदेखि १० वर्षसम्मको सर्वश्रेष्ठ मुद्दती निक्षेप खाता (व्यक्तिगत) पनि खोल्न सकिन्छ, जसमा सर्वाधिक उच्च ब्याजदर वार्षिक १०.०५% सुविधा प्रदान गरिएको छ ।

त्यसैगरी न्यूनतम रू. ५०,००० मौज्दात गरी खोलिने प्राइड श्रेणीको खातामा वार्षिक आकर्षक ७.०५% को अलावा ग्राहक महनुभावहरुले डिम्याट एवं मेरो शेयर, लकरमा वार्षिक दस्तुर र Portfolio Management Service मा पहिलो वर्ष ५०% छुट, पूर्व स्वीकृत कर्जा सुविधा अन्तर्गत ३ महिनाको औसत मौज्दातको १० गुणा बढि अर्थात कर्जामा बेस रेटमा थप २ प्रतिशत ब्याजदर कायम गरी केवल ०.७५ प्रतिशत प्रशासनिक शुल्कमा सो कर्जा प्राप्त गर्न सक्नुहुन्छ ।

अर्कोतिर यस श्रेणीमा डेबिट कार्ड शुल्कका साथै मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्गमा लिइने वार्षिक शुल्क समेत पहिलो वर्षका लागि निशुल्क प्राप्त गर्न सकिनेछ । न्यूनतम रू. २५,००० मौज्दात गरी खोलिने पार्टनर श्रेणीको खातामा पूर्व स्वीकृत कर्जा सुविधा अन्तर्गत ३ महिनाको औसत मौज्दातको १० गुणा बढि अर्थात कर्जामा बेस रेटमा थप ३ प्रतिशत ब्याजदर कायम गरी केवल ०.७५ प्रतिशत प्रशासनिक शुल्कमा सो कर्जा प्राप्त गर्न सकिन्छ ।

अर्कोतिर यस श्रेणीमा डेबिट कार्ड शुल्कका साथै मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्गमा लिइने वार्षिक शुल्क समेत पहिलो वर्षका लागि निःशुल्क गरिएको छ । साथै क्रेडिट कार्ड आवेदन, क्रेडिट कार्ड जारी शुल्क र ईकमर्श सुचारु निःशुल्क हुने व्यवस्था समेत गरिएको छ ।


यो खाता सबै उमेर समूहका लागि हो वा निश्चित उमेर समूहका लागि ल्याउनु भएको छ ?

हो, सर्वश्रेष्ठ बचत खातालाई हामीले विभिन्न उमेर समूहका लागि छुट्टा छुट्टै खाता ल्याएका छौं । १८ वर्ष भन्दा साना बाबुनानीहरुका लागि सर्वश्रेष्ठ बाबुनानी बचत खाता छ । त्यस्तै ५५ वर्ष र सो भन्दा माथिका उमेरका जेष्ठ नागरिकहरुका लागि सर्वश्रेष्ठ ज्येष्ठ नागरिक बचत खाता योजना रहेको छ ।

नारीहरुलाई प्रोत्साहन गर्न सर्वश्रेष्ठ नारी बचत खाताको सुविधा पनि ल्याएका छौं । विदेशमा मेहनत गरिरहनु भएको नेपालीहरुले पनि विदेशबाटै आफ्नो नेपालको खातामा रकम पठाउन मिल्ने गरी सर्वश्रेष्ठ वैदेशिक रोजगार बचत खाता योजना पनि ल्याएका छौं । त्यस्तै कर्मचारीहरुको आवश्यकतालाई मध्येनजर गर्दै उहाँहरुलाई विशेष फाइदा पुग्ने सर्वश्रेष्ठ तलब बचत खाता पनि सार्वजनिक गरेको छौं । त्यस्तै सर्वश्रेष्ठ बचत खाता भित्रै साना साना बाबुनानीहरुका लागि सर्वश्रेष्ठ नानीबाबु बचत खाता पनि रहेको छ ।

हामीले खाताको प्रकार अनुसारनै खातामा उपलब्ध सुविधाहरु पनि फरक फरक पारेर ल्याएका छौं । जस्तै, सर्वश्रेष्ठ बचत खातामा भन्दा ज्येष्ठ नागरिक बचत खातामा पेन्सनको आधारमा कर्जा सुविधा तथा होम बैंकिङ्ग सुविधा पनि थप गरिएको छ ।

बचत खाताको त चर्चा गर्नुभयो । यस पटक मुद्दती निक्षेप खाता छैन ?
छ नि, हामीले सर्वाधिक ब्याजदर सहितको सर्वश्रेष्ठ मुद्दती तथा सर्वश्रेष्ठ मासिक निक्षेप खाताको योजना पनि ल्याएका छौं ।

१ वर्षदेखि १० वर्षसम्मको सर्वश्रेष्ठ मुद्दती खातामा ग्राहक महानुभावहरुले वार्षिक १०.०५ प्रतिशतको उच्च ब्याजदरका साथै अन्य विभिन्न सेवाहरु पनि प्राप्त गर्न सक्नुहुन्छ ।

सर्वश्रेष्ठ मुद्दती खातामा समेत १० लाखको दुर्घटना बीमा, १० लाखको घातक रोग सम्बन्धी बीमा र १ लाखको औषधी उपचार सम्बन्धी बीमा गरी जम्मा २१ लाख रुपैयाँ सम्मको बीमा सुविधा पनि रहेको छ ।

मुद्दती निक्षेप खातालाई पनि ग्राहक महानुभावहरुको चाहाना अनुसार उहाँहरुले जम्मा गरेको निक्षेपको आधारमा गुडविल एम्बेसडर, प्राइड र पार्टनर गरी तीन श्रेणीमा वर्गिकरण गरिएको छ ।

रु १ करोडसम्मको गुडविल एम्बेसडर, रु ५० लाखसम्म निक्षेप रहेको प्राइड र रु २५ लाखसम्म निक्षेप रहेको पार्टनर श्रेणी रहेका छन् । बचत खातामा जस्तै मुद्दती निक्षेप खातामा पनि कर्जा सम्बन्धी फाइदाहरु बाहेक अन्य विभिन्न फाइदाहरु प्राप्त गर्न सकिन्छ ।

पछिल्लो समय बैंक खातामा बीमा सुविधादिने प्रचलन बढेको छ, तपाईहरुले त झनै २१ लाख रुपैयाँसम्मको बीमा सुविधाको कुरा गर्नुभएको छ । यो निकै राम्रो पक्ष हो । खाता खोल्ने सबैले यो सुविधा लिन पाइने हो ?यसबारेमा छोटकरीमा प्रकाश पारिदिनुस् न ?
हो, अहिले अन्य बैंकहरुले पनि बचत खाताहरुमा बीमा सुविधाहरु ल्याएका छन् । तर हामीले नेपाल इन्स्योरेन्ससँग सहकार्य गरेर सर्वाधिक उच्च २१ लाख रुपैयाँ बराबरको बीमा सुविधा दिइरहेका छौं ।

यो त हाम्रा ग्राहक महानुभावहरुका लागि एकदमै फाइदा पुग्ने सुविधाहरु मध्येको एक हो । यस योजना अन्तर्गत गुडविल एम्बेसडर श्रेणीका खाता खोल्ने ग्राहक महानुभावहरूले रू.२१ लाख बराबरको बीमा सुविधा प्राप्त गर्न सक्नुहुनेछ ।

जसअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा रू.१० लाखको बीमा सुविधा, घातक रोगहरूको लागि रू. १० लाखको बीमा सुविधा र रू. १ लाखसम्मको औषधी उपचार बीमा सुविधा प्राप्त गर्न सक्नुहुनेछ । यो सुविधा आएसँगै अब हाम्रा ग्राहकहरूले सामान्य बिरामी भएर बहिरंग (ओपीडी) सेवामा गई उपचार गर्नुपरेमा पनि अब त्यसको जिम्मा बैंकले नै लिने भएको छ ।

ओपीडीमा गई उपचार गर्नुपरेमा उपचारमा लागेको औषधि खर्च, चेकजाँच, ल्याव सबै गरेर २० हजार रूपैयाँसम्मको औषधि उपचार खर्च अब एनआईसी एशियामा खाता खोलेकै भरमा ग्राहकहरूले पाउनुहुन्छ साथै हस्पिटलमा भर्ना भई बस्नु परेमा ८० हजार रुपैयाँसम्मको हस्पिटलको खर्च समेत खाताले नै ब्यहोर्ने छ ।

एनआईसी एशिया बैंकमा विशेष स्वीप इन स्वीप आउट (Flexi Fixed) सुविधाको बारेमा धेरै सुनिन्छ । के हो स्वीप इन, स्वीप आउट सुविधा? यसअन्तर्गत बैंकले केकस्ता विशेष सुविधा उपलब्ध गराएको छ ?
स्वीप इन–स्वीप आउट सुविधा यस बैंकले सर्वश्रेष्ठ बचत खाताहरुको एम्बेसडर श्रेणीलाई लक्षित योजना हो । हामीले यो योजना यस अघिका चमत्कारिक बचत खाता सिरिजमा पनि दिएका थियौं । यो नेपालकै बैंकिङ्ग क्षेत्रकै नवीन र उत्कृष्ट सुविधा हो, यो हामी धेरै भन्दा धेरै ग्राहक महानुभावहरुलाई बुझाउन चाहन्छौं ।

स्विप इन–स्विप आउट भनेको बचत खाता र मुद्दती खाता दुवैको गुणहरु समाहित गरेको एक उच्चतम फाइदा हुने सर्वाेत्कृष्ट सुविधा हो जसमा तपाइले बचत खाताको जस्तै इच्छाइएको समयमा बैंकबाट आफ्नो रकम निकाल्न पनि सक्नुहुन्छ र खातामा जम्मा भइरहँदा मुद्दती निक्षेपको उच्च ब्याजदर प्राप्त गर्नुहुनेछ ।

स्विप इन–स्विप आउट सुविधा बैंकको सर्वश्रेष्ठ बचत खाताका एम्बेसडर श्रेणीमा रु २ लाखभन्दा बढी रकम भएमा, उक्त बढी रकमलाई रु १०,००० को गुणनमा तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर हुनेछ र सो रकममा १०.०५ प्रतिशतसम्मको ब्याजदर प्राप्त गर्न सकिन्छ ।
यसरी मुद्दती निक्षेपमा स्विप इन गरिएको रकम आवश्यकता अनुसार सजिलै झिक्न अर्थात स्विप आउट गर्न सकिन्छ ।

यसबाट देखिन्छ एउटा बचत खाता खोल्दा पनि मुद्दती खाता सरह ब्याजदर प्राप्त गर्न सकिन्छ । त्यसकारण पनि यसलाई हामीले सर्वश्रेष्ठ बचत खाता भनेका छौं । अब तपाई आफै अनुमान लगाउन सक्नुहुन्छ कि यो खाता किन पनि सर्वश्रेष्ठ छ ।

उदाहरणका लागि १५ दिनअघि मैले एम्बेसडर श्रेणीकोसर्वश्रेष्ठ बचत खाता खोलें र २ लाख रूपैयाँ बचत गरें । आज फेरि मलाई कतैबाट पैसा आयो ३ लाख । मैले त्यो पनि सोही खातामा लगेर डिपोजिट गरें । अब स्वीप इन/स्वीप आउटको नियम अनुसार आज मैले राखेको रु. ३ लाख त स्वीप इन भएर ३ महिनाका लागि मुद्दती खातामा जान्छ ।

किनकि यो सुविधाअनुसार २ लाख रूपैयाँभन्दा माथि जति पनि रकम हुन्छ, यो १०,००० को गुणाले हुन आउने रकम ३ महिनाका लागि मुद्दती खातामा स्वतः स्वीप इन हुने हो । अब फेरि मलाई ८ दिनपछि नै त्यो ३ लाख रुपैयाँ चाहियो भने बिना कुनै झन्झट म त्यो ३ लाख रुपैयाँ निकाल्न पाउँछु र मेरो खातामा त्यो पैसा स्वीप आउट भएर आउँछ ।

यसरी उक्त रकम तीन महिना पुरै खातामा रहेको खण्डमा मुद्दती निक्षेप खाता बराबरको ब्याज आउने भयो तर तीन महिना अघिनै निकाल्यो भने उक्त मुद्दती सरहको ब्याजदर भन्दा २ प्रतिशत कम ब्याज प्राप्त गर्न सकिन्छ जुन अन्य सामान्य बचत खाताको भन्दा बढी नै हो ।

यहाँहरुले बचत खातामा असिमित फाइदाहरु भन्दै विभिन्न अफरहरु दिनुभएको छ । यसबाट साच्चै ग्राहकहरुलई फाइदा पुगेको छ त ?
हो, हामीले ग्राहक महानुभावहरुको सोच बदलेर बचत खातामा ब्याज मात्रै होइन अन्य फाइदा पनि प्राप्त गर्न सकिन्छ भनेर बुझाउन खोजिरहेका छौं ।

सर्वश्रेष्ठ बचत खाता अन्तर्गत गुडविल एम्बेसडर श्रेणीको बचत खाताहरूमा हामीले २४ विभिन्न फाइदाहरुको कुरा हामीले ग¥यौं र ती फाइदाहरूलाई मौद्रिक मूल्यमा गणना गर्दा एक पटक खाता खोलिसकेपछि ग्राहक महानुभावहरूले न्यूनतम रू. ३ लाख ३९ हजार भन्दा बढीको फाइदा प्राप्त गर्न सकिने प्रक्षेपण गरेका छौं ।

ग्राहक महानुभावहरुलाई बुझ्न सजिलो हुन्छ भनेर यसलाई म तालिकामा देखाउन चाहान्छु ।
गुडविल एम्बेसडर श्रेणीको खाता
विवरण रकम
बीमा सम्बन्धी रू. २०,०००
Wealth Maximisation सम्बन्धी रू. २६,५३०
कर्जा सम्बन्धी रू. २६६,०००
डिजिटल एवं Transaction Bankingसम्बन्धी रू. २६,६६४
कुल फाइदा रू. ३३९,१९४

प्राइड श्रेणीको खाता
विवरण रकम
Wealth Maximisation सम्बन्धी रू. ७,५७५
कर्जा सम्बन्धी रू. ११६,०००
डिजिटल एवं Transaction Banking सम्बन्धी रू. १२,१५०
कुल फाइदा रू. १३५,७२५

पार्टनर श्रेणीको खाता
विवरण रकम
कर्जा सम्बन्धी रू. १६,०००
डिजिटल एवं Transaction Banking सम्बन्धी रू. ५,५२३
कुल फाइदा रू. २१,५२३

सर्वश्रेष्ठ बचत खातामा त धेरै फाइदा सुनियो, के यो बचत खाता खोल्ने ग्राहकले कर्जा लिन चाहेमा कर्जामा पनि विशेष सुविधा दिनुभएको छ ?
हो, सर्वश्रेष्ठ बचत खाता भएका ग्राहक महानुभावहरूले ३ कर्जा सम्बन्धी फाइदा प्राप्त गर्न सक्नुहुन्छ । यस अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधा छन् ।

उदहारणको लागि ग्राहकले गुडविल एम्बेसडर श्रेणीको सर्वश्रेष्ठ बचत खाता खोल्नुभएको छ र वहाँको खातामा पछिल्लो तीन ३ महिनासम्म रू. १० लाख निक्षेप जम्मा रहेको छ । यस अवस्थामा वहाँले रू. १ करोड कर्जा लिन चाहेको खण्डमा पूर्व स्वीकृत कर्जा सुविधा अनुरुप निजले तीन महिनाको औसत मौज्दातको १० गुणा बढि अर्थात् रू. १ करोड कर्जामा बेस रेटमा थप १ प्रतिशत ब्याजदर कायम गरी सो कर्जा प्राप्त गर्न सक्नुहुनेछ ।

यस अवस्थामा कर्जा प्रशासनिक शुल्क मात्र ०.२५ प्रतिशत लाग्ने व्यवस्था गरिएको छ । अब अर्को उदहारणका लागि यदि उक्त ग्राहक महानुभावले यसै अवस्थाका बीच रू. १ करोड ५० लाख कर्जा लिन चाहेको खण्डमा पूर्व स्वीकृत कर्जा सुविधा अनुरुप निजले औसत मौज्दातको १० गुणा बढि अर्थात् रू. १ करोड कर्जा बेस रेटको अतिरिक्त १ प्रतिशत ब्याजदरमै कर्जा प्राप्त गर्न सक्नुहुनेछ र यसको कर्जा प्रशासनिक शुल्क मात्र ०.२५ प्रतिशत लाग्नेछ ।

अब थप रू. ५० लाखको हकमा भने अन्य कर्जाको ब्याजदर सरह (Prevailing commercial interest rate) अनुसार नै ब्याजदर रहनेछ र त्यसको कर्जा प्रशासनिक शुल्क ०.७५ प्रतिशत सम्म लाग्न सक्नेछ ।

नेपालमा होम बैंकिङ सुविधाको धेरै सुनिदैन तर एन आई सी एशिया बैंकले होम बैंकिङ्ग सुविधा छ भनी प्रचार गरिरहेको छ । के हो यो होम बैंकिङ्ग सुविधा ?
एनआईसी एशिया बैंकले ग्राहकमहानुभावहरुलाई सेवा र सुविधा दिने कुरामा कुनै कसर बाँकी नराख्ने बचन बद्धता जाहेर गरेको छ र विश्वका उत्कृष्ट बैंकिङ्ग सेवाको अभ्यासहरुलाई भित्राएको छ ।

यस बैंकले आफ्नो संजाल विस्तार गरी नेपालका ७३ जिल्लामार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको छ । तर ज्येष्ठ नागरिकहरुले बैंकको शाखा कार्यालय वा विस्तारित काउण्टरसम्म आउन नसक्ने अवस्थामा विशेष सेवा स्वरुप होम बैंकिङको सुविधा उपलब्ध गराएका छौं ।तपाई हाम्रो लागि उहाँले आफ्नो उमेर भरी मेहनत गर्नुभएको छ हामीले पनि त उहाँलाई सम्मान र सुविधा दिन पर्याे नि हैन र ?

एनआईसी एशिया बैंकमा यसअघि नै खाता रहेका ग्राहकहरुले त यो सुविधाबाट बन्चित हुनु पर्ने हो ? कि उहाँहरुको लागि नयाँ खातामा जाने सुविधा छ ?
हाम्रा २७ लाख भन्दा बढी ग्राहक महानुभावहरुको प्रश्न तपाईले गरिदिनुभयो । यसका लागि तपाईलाई धन्यवाद नै भन्छु । यसअघि जुनसुकै खाता भएपनि सजिलै सर्वश्रेष्ठ बचत खातामा स्किम ट्रान्सफर गर्न सकिन्छ ।

ग्राहक महानुभावहरु नजिकको शाखा कार्यालयमा गई वा अनलाइन मार्फत नै आइसर्भबाट पनि स्किम ट्रान्सफर गर्न सकिन्छ । त्यसका लागि ग्राहक महानुभावहरुले वेबसाइट खोली आइसर्भ छान्नुपर्छ ।

त्यसपछि Customer Service रोज्नुहोस् र Scheme Transfer मा जानुपर्छ । हाम्रो मोबाइल बैंकिङ्ग एप एनआईसी एशिया मोवाइल बैंकबाट पनि यो सुविधा लिन सकिन्छ । एनआईसी एशिया मोबैंकमा रहेको आइसर्भबाट समेत अघि भनेको जस्तै स्टेपहरुबाट यो सुविधा लिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार