५ जेष्ठ २०८१, शनिबार

एमालेमा असन्तुष्टी बढ्यो



देवकोटा भन्छन् : केन्द्रमा केपी ओली, सुपमा भीम रावल, भीम रावल विनाको एमाले हेर्दे जाउँ नजिकै आउदै गरेको चुनावले पुष्टी गर्ने नै छ ।

धनगढी / नेकपा (एमाले) को केन्द्रीय कमिटीले स्थायी कमिटी, पोलिटव्युरो र प्रदेश कमिटी गठन गरेसंगै असन्तुष्टी छताछुल्ल भएको छ ।

दुईपटकसम्म निर्वाचितहरु पोलिटव्युरोमा परेनन् तर मनोनितबाट गएकाहरु पोलिटव्युरोमा परेपछि सुदूरपश्चिमका धेरै केन्द्रीय सदस्य पनि असन्तुष्ट छन् । तर उनीहरुले सार्वजनिकरुपमा असन्तुष्टी व्यक्त गरेका छैनन् ।

यसरी असन्तुष्टी व्यक्त गर्नेमा कैलालीका निवर्तमान केन्द्रीय सदस्य दीपकप्रसाद देवकोटादेखि बाजुराका प्रदेश सदस्य मीनबहादुर विष्टसम्म छन् ।

देवकोटा र विष्टले सामाजिक सञ्जाल फेसवूकमै असन्तुष्टी व्यक्त गरेका छन् । देवकोटालाई १० औ महाधिवेशन र अहिले मनोनितमा समेत केन्द्रीय सदस्यबाट वञ्चित गरिएको छ । उनी यसअघि मनोनित केन्द्रीय सदस्य थिए ।

अछामका कृष्णप्रसाद जैशीलाई पहिले प्रदेश अध्यक्ष र पछि केन्द्रीय सदस्य बनाउने आश्वासन दिइएको बताइन्थ्यो ।

तर उनी पनि कतै समेटिएनन । जैसी आफैले त कतै केही लेखेका छैनन् तर उनका शुभचिन्तकहरु भने निक्कै आक्रोशित छन् । यद्यपी कतिपयले उनलाई धैर्य रहन पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार