१० श्रावण २०८१, बिहीबार

विवाहको गरेको तीन दिनमै दुलही बेपत्ता ! टेलिफोनमा भनिन्ः ‘तिम्रो चुरा फालेर आए’




बैतडी / विवाह भएको तीन दिनमै गहना लिएर बेपत्ता भएकी २४ वर्षीया दुलहीले राति १ः०० बजे दुलाहालाई टेलिफोन गरेर “तिम्रो चुरा झ्यालमा फालेर आए, अब म तिमीसँग फर्केर आउँदिन” भनेपछि दुहाला छाङ्गाबाट खसेजस्तै भएका छन् ।

बैतडीको दशरथचन्द नगरपालिका–५ नौहाटका दीपकप्रसाद भट्टले बैतडीकै दोगडाकेदार गाउँपालिका–१ रिमबाट जयन्ती जोशीसँग यही मङ्सिर १२ गते बाजा बजाएर विवाह गरेका थिए ।

विवाह मण्डपका फूल, टपरी लगायत पूजाका सामग्री उठाउन नपाउँदै गरगहनासहित दुहली बेपत्ता भएपछि परिवारजनले खोजबिनका लागि प्रहरीमा उजुरी दिएका छन् ।

“बधाइ दिन गाउँलेहरु जम्मा भएकै दिन दुलही बेपत्ता भई,”दुलाहा दीपकप्रसाद भट्टले भनिन, “ विवाह गर्दा सात लाख रुपियाँ ऋण लागेको छ । दुलहीले छोडेर गई ।”

सुहागरात मनाउन नपाउँदै दुलही बेपत्ता भएपछि दुलाहासहित परिवारजनले बैतडी प्रहरीमा खोजबिनका लागि निवेदन दिएको दुलाहाले बताए ।

बैतडीको जगन्नाथ बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत दीपकप्रसादको घरको आर्थिक अवस्था निकै कमजोर रहेको स्थानीयको भनाई छ ।

घरको आर्थिक अवस्था कमजोर भएकै कारण दीपक स्थानीय विद्यालयमा कार्यालय सहयोगीको कामसमेत गर्दै आएका छन् ।

दुहाला भट्टले भने, “ पहिले बुवाले स्थानीय नौहाट विद्यालयमा सहयोगी पदमा काम गर्दै आउनु भएको थियो । बुवाको रुखबाट लडेर मृत्यु भएपछि बुवाको सट्टामा म आफै कार्यालय सहयोगीको पदमा काम गर्दै आइरहेको छु । घरको आर्थिक अवस्था निकै कमजोर छ ।”

निराश हुँदै दुहालाले भने, “ घरखेत बैंकमा धितो राखेर विवाहका लागि ऋण निकाले । दुलहीले घर न घाटको बनाएर गई । विवाह गरेर ल्याएकै दिनदेखि राति अबेरसम्म दुही फोनमै झुण्डिरहन्थिन् । मसंग पनि सुतिनन् । तीन तोलाख सुन र ५० हजार रुपियाँ नगद लगेकी छ ।”

बेपत्ता दुलहीको खोजतलास गर्न परिवारजन र छिमेकीले प्रहरी गुहारेपछि अहिले जिल्ला प्रहरी कार्यालय बैतडीले दुलहीको खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी दर्शन खड्काले जानकारी दिए ।

विवाह मण्डपमा दुलहा–दुलही

बेपत्ता दुलही खोज्न प्रहरीले जारी गरेको परिपत्र ।

दुलही बेपत्ता बारे कुरा गर्दै दुहाला ।




प्रतिक्रिया दिनुहोस्
विशेष समाचार