५ जेष्ठ २०८१, शनिबार

भण्डारी काँग्रेसको खुला केन्द्रीय सदस्य पदमा उठे



क्षितिज भण्डारी, युवा नेता

धनगढी / कैलाली क्षेत्र नम्बर ५ बाट महाधिवेशन प्रतिनिधि बनेका युवा नेता क्षितिज भण्डारी नेपाली काँग्रेसको महाधिवेशनमा खुला तर्फबाट केन्द्रीय सदस्य उठेका छन् ।

३५ खुला केन्द्रीय सदस्यमा चुनाव लडेका भण्डारी आफ्नो जीत हुने दावी गर्छन् ।

देशभर फैलिएको आफ्नो सम्वन्धले आफूलाई जित्न सहज हुने उनको विश्वास छ ।

नेपाल विद्यार्थी संघको कार्यवबहाक सभापति, कैलाली वहुमुखी क्याम्पसको स्ववियू उपसभापति समेत भइसकेका भण्डारी हरिप्रया फाउन्डेसनबाट देशभर सामाजिक क्रियाक्लाप पनि गरिरहेका छन् ।

सो फाउन्डेसन उनकी स्वर्गिय आमाका नाममा स्थापना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार