१० श्रावण २०८१, बिहीबार

भूगोलमा देउवा समूहबाट यिनले पाए उम्मेदवारी




धनगढी / नेपाली काँग्रेसको काठमाडौमा जारी १४ औ महाधिवेशनमा सभापति शेरबहादुर देउवाको समूहबाट सुदूरपश्चिमबाट पिछडिएको क्षेत्रमा अर्जुनजंगबहादुर सिंह, प्रदेशबाट रणबहादुर रावल, यज्ञराज जोशी र प्रदेश भूगोलबाट महिलामा शुशिला मिश्र भट्टले उम्मेदवारी पाएका छन् ।

यस्तै खस आर्य क्षेत्रबाट पुरुषतर्फ अछामका गोविन्दबहादुर शाह र महिलातर्फ बाजुराकी विद्या तिमिल्सेनाले उम्मेदवारी पाएका छिन् ।

पिछडिएको क्षेत्रबाट उम्मेदवार भएका सिंह पूर्व सहायकमन्त्री, राज्यमन्त्री र दुई पटक प्रतिनीधि सभा सदस्य र दक्षिण कोरियाका राजदूत भइसकेका छन् ।

कैलालीको टीकापुरका रावल प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेस संसदीय दलका नेता हुन ।

यस्तै जोशी तत्कालिन महेन्द्रनगरनगरपालिकाका पूर्व मेयर हुन भने मिश्र धनगढी उपमहानगरपालिकाका वर्तमान उपप्रमख हुन ।

यस्तै गरेर खस आर्य क्षेत्रबाट पुरुषतर्फबाट उम्मेदवार भएका शाह दुईपटक प्रतिनिधि सभा सदस्य र सञ्चार राज्यमन्त्री भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार