४ बैशाख २०८१, मंगलवार

पूर्वराजदुत वलबहादुर कुँवर प्रतिनिधिमै पराजीत



अछाम क्षेत्र नम्बर १ मा काँग्रेसका जिल्ला सभापति भरतकुमार स्वाँर र पूर्वसञ्चार राज्यमन्त्री गोविन्द शाहका दुई समुहवीच चुनाव भएको थियो ।


अछाम / नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत अछाम क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशनमा महाधिवेशनमा जिसस प्रमुख, राजदुतदेखि गाउँपालिका अध्यक्षसम्म पराजीत भएका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर कुँवर अछाम क्षेत्र नम्बर १ को महाधिवेशन प्रतिनिधिमा खुलातर्फ पराजित भएका छन् । कुल खसेको ७१४ मत मध्येमा उनले २० मत मात्रै ल्याए ।

यस्तै पूर्वराजदुत तथा ०४८ सालका प्रतिनिधि सभा सदस्य वलबहादुर कुँवरले १९३ मत पाएका छन् । बान्नीगढी जयगढ गाउँपालिकामा अध्यक्ष राजेन्द्रबहादुर खड्काले २७५ मत पाएर महाधिवेशनमा प्रतिनिधिमा पराजित भए । यस्तैगरेर जिल्ला समन्वय समितिका सदस्य शिव तिरुवाले ३१ मत मात्रै पाएका छन् ।

महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेमा पूर्वसञ्चार राज्यमन्त्रीदेखि नेविसंघका सभापति रहेका छन् । पूर्वसूचना तथा सञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाह ४३०, काँग्रेस अछामका सभापति भरतकुमार स्वार ४६१, नेविसंघ अछाम सभापति नृप साँउद ४५३, मेघराज खड्का ४२८ मतले खुला क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा विजयी भए ।

खुलामै राजन कुँवर, टिकाराम खनाल, भक्तबहादुर ठकुल्ला, कृष्ण कुँवर, राजेन्द्रबहादुर शाह, राजेन्द्र कुँवर विजयी भएका छन् । खुला १० जनामा २८ जनाको उम्मेद्वारी परेको थियो ।

खस आर्य क्षेत्रबाट पूर्व प्रहरी महानिरिक्षक मोतीलाल वोहरा पनि महाधिवेशन प्रतिनिधि जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार