७ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिमका छ केन्द्रीय सदस्य निर्विरोध



धनगढी / सुदूरपश्चिम प्रदेशमा भूगोलतर्फ एमालेका छ पुरुष केन्द्रीय सदस्यहरु निर्विरोध चयन भएका छन्।

महाधिवेशनमा तीन जनाले उम्मेदवारी फिर्ता लिएपछि छ जना निर्विरोध भएका हुन ।

निर्विरोध हुनेमा भैरवबहादुर सिंह,राजेन्द्र सिंह रावल, नारदमुनि राना , लिलाधर भट्ट, झपटबहादुर बोहरा र अफिलाल उखेडा छन् ।

बझांगबाट प्रतिनिधि सभा सदस्य सिंह नवौ महाधिवेशनबाट पनि निर्वाचित केन्द्रीय सदस्य हुन् । यस्तै यसअघि मनोनित रावल, कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य राना र सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री बोहरा पनि फेरि केन्द्रीय सदस्य भएका छन् । बैतडीबाट प्रदेश सभा सदस्य भट्ट र उखेडा भने पहिलो पटक केन्द्रीय सदस्य भएका छन् ।


कञ्चनपुरका प्रतिनिधि सभा सदस्य डा. दीपकप्रकाश भट्ट, अछामका कृष्णप्रसाद जैसी, र बाजुराका सहदेव बोगटीले उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार