१३ बैशाख २०८१, बिहीबार

कञ्चनपुरमा लेखक पक्षका वोगटी सभापतिमा निर्वाचित



महेन्द्रनगर / वडा र क्षेत्रबाट निक्कै बलियो भएर आएको मानिएका काँग्रेस नेता एनपी साउद पक्षलाई हराउदै अर्का नेता रमेश लेखक पक्षीय पदम वोगटी कञ्चनपुरको सभापतिमा निर्वाचित भएका छन् ।

आइतबार दिउँसो सार्वजनिक भएको परिणाम अनुसार वोगटीले ९१ मत बढी पाएर विजयी भए ।

वोगटीले ८०६ र उनका प्रतिद्धन्द्धी वहादुरसिंह थापाले ७१५ मत पाएका थिए ।

थापा विगतमा प्रधानमन्त्री देउवाको सचिवालयमा समेत बसेका र झण्डै १५ वर्ष कञ्चनपुर जिल्ला सभापति भएका पुराना नेता पनि हुन । उनले ०७० सालको संविधान सभा निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट जितेका थिए ।

वोगटी र थापा दुवै जना संस्थापन देउवा पक्षकै हुन । यस्तै गरेर सभापतिमा विजयी वोगटी ०७४ को स्थानीय तहमा भीमदत्त नगरपालिकाको प्रमुखमा झिनो मतले पराजीत भएका थिए ।

सभापति बाहेकका पदमा भने एनपी पक्षकै उम्मेद्धवार जितेका छन् । उपसभापतिमा मीनवहादुर सिह ७८६ र हरिचन्द्र राना ७६३ मत पाएर विजयी भए ।

सचिवमा भीमराज भट्ट ७२८ र हेमराज ओझा ६९४ मत पाएर विजयी भएका छन् । यस्तै गरेर सहसचिवमा नाफुसिंह साउद ७२६र पुस्कल चौधरी ६७४ मत पाएर विजयी भए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार