७ बैशाख २०८१, शुक्रबार

पदाधिकारी र केन्द्रीय सदस्य छान्ने जिम्मा ओलीलाई, डा. रावलले नमान्ने



धनगढी / चितवनको सौराहामा जारी एमालेको १० औं महाधिवेशनको वन्द सत्रले केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्ने जिम्मेवारी वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

बन्द सत्रमा उपमहासचिव विष्णु पौडेलले ओलीलाई सम्पूर्ण अधिकार दिने प्रस्ताव राखेका थिए । सो प्रस्तावमा अधिकांशले समर्थन गरेर ताली बजाएको विभिन्न सञ्चार माध्यामले जनाएका छन् ।

सो निर्णय उपाध्यक्ष डा. भीमबहादुर रावलले भने नमान्ने बताएका छन् । उनले आफू अध्यक्ष लड्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार