८ बैशाख २०८१, शनिबार

कैलाली काँग्रेसको अधिवेशन महाधिवेशनपछि



धनगढी / नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि मात्रै हुने सम्भावना बढेको छ ।

भोली मंसिर १० गते हुने भनिएको जिल्ला अधिवेशन महाधिवेशनपछि हुने सम्भावना रहेको काँग्रेस स्रोतको भनाइ छ ।

किन अधिवेशन सारिदै छ ठोस कारण खुल्न सकेको छैन । सो पार्टीका जिल्ला प्रचार विभाग प्रमुख नृप सुनारले १० गते अधिवेशन नहुने वताए ।

उनले तत्काल जिल्ला अधिवेशन नहुँनाको कारण भने भन्न चाहेनन् । प्रचार विभाग प्रमुख सुनारका अनुसार भोली विहान बस्ने जिल्ला कार्यसमितिको बैठकले नयाँ मिति तोक्ने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार