४ बैशाख २०८१, मंगलवार

नेपाली काँग्रेस १४ औं महाधिवेशन : कैलालीमा संस्थापन पक्षको वर्चश्व




धनगढी / नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि भएका संघीय क्षेत्रीय अधिवेशनमा कैलालीका सबै पा“च निर्वाचन क्षेत्रमा संस्थापन पक्षको वर्चश्व भएको छ ।

जिल्लाको क्षेत्र नम्बर १, २ र ३ का महाधिवेशन प्रतिनिधिको नतिजा घोषणा भइसकेको छ । क्षेत्र नम्बर ४ मा मंगलबार राती नै मतगणाना कार्य पुरा भए पनि विवादका कारणा अझैं मत नतिजा परिणाम घोषणा गरिएको छैन ।

त्यस्तै, क्षेत्र नम्बर ३ मा मतगणना कार्य अन्तिम चरणमा पुगेको जिल्ला अधिवेशन प्रचारप्रसार संयोजक नृप सुनारले जानकारी दिए ।

प्रदेशको राजधानी समेत रहेको क्षेत्र नम्बर ५ बाट जिल्ला सभापति नरनारायण शाह, प्रदेश सभा सदस्य डिल्लीराज पन्त, उपमहानगरपालिका प्रमुख नृपबहादुर वड, क्षितिज भण्डारी, प्रकाश देउवा, गणेश देउवा, कृष्णबहादुर महरा, नारायणदत्त भट्ट, उद्धव विष्ट र हरिश खड्का विजयी भए ।

महिला (खुला) तर्फ निपा चोखाल, डम्मरी महरा (रक्षा), रिता भण्डारी र पुष्पा भट्ट तथा मधेसी, अपाङ्गतर्फ धर्मराज ओझा विजयी भएका छन् ।

क्षेत्र नम्बर १ बाट खुला (पुरुष) तर्फ सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता डाक्टर रणबहादुर रावल, पूर्व जिविस सभापति नारायणदत्त मिश्र, चेतमान खत्री, धनराज उपाध्याय, नवराज रावल, पलबहादुर बस्नेत, बिर्ख बहादुर रावल, रणबहादुर रावल, राजकुमार हमाल र रामचन्द्र शर्मा कट्टेल विजयी भएका छन् ।

त्यस्तै, थारु (महिला) तर्फ उमा महतो, गंगा देवी चौधरी र गीता कठरिया निर्वाचित भएका छन् । त्यस्तै, थारु (खुला) तर्फ पूर्वमन्त्री जनकराज चौधरी, दीपक चौधरी र विरुप्रसाद चौधरी विजयी भएका छन्।

खसआर्य (महिला) तर्फ पवनदेवी तिमिल्सिना र खसआर्य (खुलातर्फ) डाक्टर जगतबहादुर सिंह रावल र रामबहादुर भण्डारी विजयी भएका छन् ।

खुला (महिला) तर्फ कलावती स्वाँर, केसरी बिष्ट र बिष्णुदेवी रावल, मुस्लिम, अपाङ्गतर्फ अकवरअली कुरैसी र दलिततर्फ देवेन्द्रसिंह नेपाली विजयी भएका छन् ।

क्षेत्र नम्बर २ मा महाधिवेशन प्रतिनिधिमा कमलबहादुर शाह, मोहनसिंह राठौर, भक्तवहादुर थापा, अरुणकुमार चौधरी, विजयबहादुर स्वाँर, जनकबहादुर वम, भरतकुमार शाही, वलवहादुर बिष्ट, हीमबहादुर रावल र प्रेमबहादुर बिष्ट विजयी भएका छन् ।

त्यस्तै, महिला (खुला) तर्फ टीका कुमारी चौधरी, शिवा थापा, सुमनकुमार सञ्ज्याल, र दीपा वडायक विजयी भए । खस आर्य (खुला) तर्फ सूर्य बहादुर बटाला, र हिक्मत वम, खसआर्य (महिला) तर्फ रीताकुमारी मुडभरी र विसु्देवी वडुवाल, र दलितबाट रंगे सुनार विजयी भएका छन् ।
त्यस्तै, थारु (खुला) तर्फ प्रदीपकुमार चौधरी र वीरवहादुर डंगौरा, थारु महिलामा आशाकुमारी चौधरी र मधेसी, मुस्लिमतर्फ कर्णबहादुर चौधरी विजयी भए ।

क्षेत्र नम्बर ३ को पूरै परिणाम प्राप्त भएको छैन । जानकारी अनुसार जिल्ला सभापतिका दावेदार भीम वडुवाल र खेमराज चौधरी भने निर्वाचित भएका छन् ।

क्षेत्र नम्बर ४ मा भने मत गणना सकिए पनि विवादका कारणा घोषणा गरिएको छैन । मत गणनामा खुलातर्फ अन्तिम आठ र नौमा समान २५८ मत र दशौं स्थानका लागि तीन जनाको समान २५७ मत आएपछि संस्थापन पक्षधरहरूले अस्वीकार गरेर पुनः गणनाको माग गरेपछि विवाद बढेको हो ।

क्षेत्र नम्बर ४ मा खुलातर्फ १० जनामध्ये पूर्व केन्द्रीय सदस्य सुनीलकुमार भण्डारी, वीरेन्द्र भट्ट, उत्तम कठायत, गोपालबहादुर देउवा, टेकराज जोशी, रामबहादुर कलेल, प्रकाश देउवा पहिलो सात जनाभित्र जितेका छन् । आठौ र नवौ स्थानमा प्रकाशवहादुर बम र ध्रुव भट्टराई रहेका छन् भने दशौं स्थानमा रामचन्द्र ओझा, पदम जोशी र सुरत कार्कीको समान २५७ मत आएको छ ।

महिला खुलातर्फ तुलसी देवकोटा, भगवती ओझा पाठक, कमलाकुमारी ओझा शर्मा र ईश्वरी कठायत विजयी भएका छन् ।
त्यस्तै, असआर्य (पुरुष) तर्फ शेरबहादुर गौतम, भीमप्रसाद गौतम र यज्ञबहादुर महरा तथा खसआर्य महिलातर्फ वसन्ती ओझा निर्वाचित भएका छन् ।

क्षेत्र नम्बर ४ मा बसन्त रोकाया क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् । क्षेत्रीय समितिमा वसन्त समुहले सबै पदमा विजय प्राप्त गरेको छ ।

निर्वाचन क्षेत्र नम्बर ३ मा रिताकुमारी चौधरी क्षेत्रीय सभापतिमा निर्वाचित भएकी छिन् । सो क्षेत्रमा रिताको समुह नै विजयी भएको छ ।
क्षेत्रीय सभापति रिताले प्रतिद्वन्द्वी गोकेन्द्र भण्डारीलाई पराजित गरिन् । रिताले ३०८ मत प्राप्त गरिन् भने गोकेन्द्रले १५३ मत प्राप्त गरे ।

त्यस्तै सचिवमा सुरेश हमाल र रमेश चौधरी निर्वाचित भएका छन् । सहसचिवमा कलक बहादुर सिंह र ध्वज हरिपाल बोहरा निर्वाचित भए ।
कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा काँग्रेस सभापतिमा विष्णाुप्रसाद ढकाल विजयी भए ।

सचिवमा व्रिजेस र रघुवीर चौधरी तथा सहसचिवमा अमरवहादुर विष्ट र हर्कराज धमला विजयी भएका छन् ।

क्षेत्र नम्बर ४ मा बसन्त रोकाया सभापतिमा विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी दिनेश जोशी समुहलाई पराजित गरे ।

सचिवमा विष्णु भाट र जयराज फुलारा विजयी भएका छन् । भने सहसचिवमा करुणाकर भट्ट र रामदुलारी चौधरी विजयी भए ।

क्षेत्रीय सदस्यमा नरेन्द्र राज भट्टराई, टेकवहादुर मन्नी र नन्दराम खड्का, जानकीदेवी पाठक, शंकर धामी, लोकेन्द्र ऐर, पदमारत्ना वम कलेल, यज्ञराज जोशी, प्रतापसिंह कडायत र शारदा देवीभट्ट निर्वाचित भए ।

त्यस्तै नरेशवहादुर अधिकारी, बालकृष्ण सापकोटा, शकुन्तलाकुमारी पाण्डेय, बन्दना सुनार, जगतराम चौधरी, कुमार थापा सुर्जा र खडकवहादुर दमाई विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार