१० श्रावण २०८१, बिहीबार

काँग्रेसको क्षेत्रीय प्रतिनिधिमा धनगढीका तीन पत्रकार निर्वाचित




धनगढी /
धनगढी उपमहानगरपालिकाका वडा नम्बर १ र ६ नम्बर वडाबाट तीन जना पत्रकार नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधिमा छानिएका छन ।

धनगढी वडा नम्बर १ बाट अनुमोदन दैनिकका सम्पादक मनमोहन स्वार र विविसी नेपाली सेवाका समाचारदाता उमीदप्रसाद वागचन चुनावी प्रक्रियाबाट निर्वाचित भएका हुन भने वडा नम्बर ६ बाट नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवा निर्विरोध निर्वाचित भएका हुन ।

चुनावमा पत्रकार स्वाँरले २६८ र वागचनले २१७ मत पाएका थिए । वडा नम्बर १ मा १४ जना प्रनिनिधिका लागि चुनाव भएको थियो ।

प्रतिनिधिमा विजयी हुनेमा वडा अध्यक्ष सन्तोष मुडभरी २८९, धानसिंह धामी २८०, धर्मराज उपाध्याय २७१, गोपालसिंह खड्का २६२, रुपबहादुर खड्का २५५, महादेव सोव २४८, प्रकाशजंग स्वाँर २४७, अमृत विसी २४५, गणेशदेव पार्की २४२, तपेन्द्रकुमार भुल २३९, मोहन साउँद २३७ र शेरबहादुर मल्लले २१४ छन् ।

क्षेत्रीय प्रतिनिधिमा छानिएका अमृत विसी जिल्ला कार्य समितिका सचिवका उम्मेदवार समेत हुन ।

सो वडामा प्रकाशसिंह विष्ट ३२ सदस्यीय वडा समिति सहित सभापति पदमा निर्विरोध निर्वाचित भएका थिए । यस्तै गरेर महिला, दलित, खस आर्य लगायतका आरक्षित सिटमा पनि क्षेत्रीय प्रतिनिधि सर्वसम्मत भएका थिए ।

४१५ मतदाता रहेको सो वडामा ३४७ मत खसेकोमा २६ मत बदर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार