६ पुष २०८२, आईतवार

काँग्रेसका पुराना नेता आनन्द जोशी वडामै पराजीत




धनगढी /
काँग्रेसका पुराना धनगढी नेपाली काँग्रेसका पुराना नेता आनन्दराज जोशी वडामै पराजीत भएका छन् । उनी शनिवार भएको धनगढी उपमहानगरको वडा नम्बर १ बाट क्षेत्रीय प्रतिनिधिमा पराजीत भएका हुन ।

उनी काँग्रेसको महाधिवेशन र महासमिति प्रतिनिधि समेत भइसकेका नेता हुन ।

१४ जना खुला प्रतिनिधिका लागि भएको निर्वाचनमा जोशीले १३७ मत पाएका थिए । यस्तै गरेर सुवास चन्द ११६ र कृष्ण कुँवर १११ मत पाएर पराजीत भए ।

जोशीलाई गत प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार डा. आरजु राणादेउवालाई असहयोग गरेको र नेता पुस्करनाथ ओझा निकट भएको भन्दै हराइएको बताइएको छ ।

सो वडामा प्रकाश विष्ट ३२ सदस्यीय वडा समिति सहित सभापति पदमा निर्विरोध निर्वाचित भएका थिए । यस्तै गरेर महिला, दलित, खस आर्य लगायतका आरक्षित सिटमा पनि क्षेत्रीय प्रतिनिधि सर्वसम्मत भएका थिए ।

४१५ मतदाता रहेको सो वडामा ३४७ मत खसेकोमा २६ मत बदर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार