१० श्रावण २०८१, बिहीबार

माओवादी केन्द्रसंग एकता हुन्छ : विप्लव



धनगढी / नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्दले माओवादी केन्द्रसंग एकता हुने बताएका छन ।

शनिबार धनगढीमा आयोजित दलित मुक्ति मोर्चाको पाँचौ राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै माओवादीमात्र नभई सबै कम्यूनिष्टसंग एकता हुने बताएका हुन ।

‘अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ज्यू विभिन्न ठाउँमा भाषण गर्दै हामी फेरि फर्कन्छौ भन्दै छन’ उनले भने –‘हामी एकता गर्ने हो । हामी निश्चित रुपले एक हुनेनै हो । तर, जनतालाई अल्मल्याउने, झुक्याउने, पैसा र पदको प्रलोभन छोडेर जनताका पक्षमा पार्टी लाग्नुपर्छ ।’

उनले संसदबादको दलदल, विदेशी चलखेलका विरुद्ध आवाज उठाउन र गरिव, उत्पीडित वर्ग, समुदाय, कृषकका पक्षमा पार्टी लागेमा मात्र एकता सम्भव रहेको बताए ।

उनले सरकारले पार्टीलाई प्रतिवन्धबाट हटाउदै शान्ति प्रक्रिया ल्याउदा गरिएका सर्तहरु लागू नगरेको बताए । हामीसंग सरकारले तीन वुँदे सहमति गरेको एक वर्ष भइसकेको छ उनले भने –‘अहिले पनि हाम्रा कतिपय साथीहरु जेलमै छन । दुई जनाको जेलभित्रै मृत्यु भइसकेको छ । तीन बुँदे सहमति लागू गर्दैन भने सरकार शान्ति प्रक्रियाका विरुद्ध लागेको पार्टीले महशुस गरेको छ ।’

उनले आफनो पार्टीले संसदीय प्रणालीनै असफल भएको बताउदै आफनो पार्टीले अहिलेको संविधान नमानेको बताए । ‘यो संसदीय व्यवस्था उचित होइन । हामी संविधान मान्दैनौं’ उनले भने –‘यो संविधान आम जनताको भन्दा पनि भ्रष्ट, दलाल, पुँजिवादीको हितमा छ ।’ उनले व्यवस्था फेरिए पनि अहिलेसम्म जनताले कुनै अधिकार पाउन नसकेको बताए ।

महासचिव विप्लवले जनताका अधिकार, कुप्रथा, वेथिति हटाउन सबै उत्पीडित वर्ग, जाती, समुदाय एक हुनुपर्ने बताए । महासचिव चन्दले सत्ता कब्जा गर्न सफल वर्गले दलितमाथि विभेद गरेको बताए । दलित यो धर्तिका मालिक हुन् ।

जति अरु जातीको यो अर्धिमा अधिकार छ त्यती दलितको पनि अधिकार छ यो जातीप्रथाको हामी बिरोध गर्दर्छौ उनले भने ‘अहिलेको कथित सत्ताभित्र सबै वर्ग छन् तर त्यो सत्तामा भएको उपलब्धी भएन । तल र माथि गर्ने काम सत्ता कब्जा गर्ने दलालहरुले गरेका हुन् अब यो दलित भन्ने सब्दनै हटाउनुपर्छ यो कथित सत्तामा जानका लागि मन्त्री खाने, सांसद खाने लोभले नजानुस साथीहरु विभेद गर्नेहरुका पछि नलाग्नुस ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार