१० श्रावण २०८१, बिहीबार

लम्कीका भुपेन्द्रको हत्या आरोपमा नौ जना पक्राउ



मृतक भूपेन्द्र बडुवालका आफन्तले १४ जनाका नाममा ईलाका प्रहरी कार्यालय टीकापुरमा जाहेरी दिएका छन् । जाहेरीमा नाम परेका र पक्राउ परेकाहरुको छानविन गरेर सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

टीकापुर / कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्कीका भूपेन्द्र बडुवालको हत्यामा संलग्नताको आशंकामा नौ जना पक्राउ परेका छन् ।

२२ वर्षका बडुवालको कात्तिक २३ गते मंगलबार राति ९ बजेतिर टीकापुर नगरपालिका–१ स्थित टीकापुर बजारमा एक समूहले आक्रमण गरेर हत्या गरेको थियो ।

मृतक भूपेन्द्रका आफन्तले १४ जनाका नाममा ईलाका प्रहरी कार्यालय टीकापुरमा जाहेरी दिएका छन् । जाहेरीमा नाम परेका र पक्राउ परेकाहरुको छानविन गरेर सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

हत्या घटनामा चिसापानीका नविन रावल जोडिएपछि उनका परिवारलाई सोधपुछ र सुरक्षाका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पारिवारिक स्रोतका अनुसार मंगलबार साँझ खाना खाइसकेपछि बडुवालकै साथी दिपेश न्यौपाने बोलाउन आएपछि घरबाट निस्केका बडुवाल त्यहाँबाट करीब १२ किलोमिटर टाढाको टीकापुर पुगेपछि लम्कीचुहा नगरपालिका–३ चिसापानीका नविन रावलको समूहले आक्रमण गरेको थियो ।

ईलाका वन कार्यालय टीकापुर नजिक पुगेपछि रावलको समूहले भूपेन्द्र र उनका साथी दिपेश न्यौपानेलाई आक्रमण गरेर लखेटदै सिद्धार्थ होटेलको छेउमा रहेको घरमा पस्दै गर्दा खुकुरी प्रहार भएको प्रहरीले जानकारी दिएको छ ।

चिसापानीका नविनको समूह र लम्कीको समूहबीच विवाद रहेको र मंगलबार दुवैसमूहले एकअर्कालाई आक्रमण गर्ने योजना बनाएका थिए । ईलाका प्रहरी कार्यालय टीकापुरका प्र्रमुख, प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले घटना हुनुभन्दा अगाडि नै लम्कीका समूहका दुई जनालाई खुकुरीसहित पक्राउ गरी सकेको बताए ।

त्यसको आधाघण्टापछि भूपेन्द्र टीकापुर पुगेपछि अर्कोसमूहले भूपेन्द्रलाई आक्रमण गरेको र लखेटदै सिद्धार्थ होटेलको छेउमामा रहेको घरमा पस्दै गर्दा खुकुरी प्रहार भएको सापकोटाकोे भनाई छ ।

भूपेन्द्र हाल समूहमा नभएपनि घर आएको बेला लम्कीको समूहले दुरुपयोग गरेको हुनसक्ने प्रहरीको भनाई छ । स्नातक पढेका भूपेन्द्र यसअघि काठमाडौंमा बसेर भाषा (आइइएलटीएस) परीक्षा) पास गरेर अमेरिका जाने तयारीमा हुनुहुन्थ्यो र दशैंमा घर आएका थिए ।
भूपेन्द्रको बुधबार साँझ टीकापुर अस्पतालमा पोष्टमार्टम भएको भूपेन्द्रका काका महेश बडुवालले जानकारी दिए ।

पूर्वपश्चिम राजमार्ग अवरुद्ध
भूपेन्द्र हत्याको विरोधमा उनका आफन्त र स्थानीय मंगलबार दिनभर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

घटनामा संलग्नहरु पक्राउ परिसकेपछि बुधबार साँझ ४ बजेतिर राजमार्ग खुलेपनि स्थानीय युवाको अर्को जत्थाले ईलाका प्रहरी कार्यालय लम्कीको गाडी र दुईवटा नेपाली सेनाका तालिमे जवान गई रहेको ट्रकमा ढुंगा हानेको र स्थिति नियन्त्रणमा लिन प्रहरीले सात सेल अश्रूग्याँस हान्नु परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख , प्रहरी उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिए ।

लम्की टीकापुर क्षेत्रमा वर्षेनी समूहगत आक्रमणका घटना भइरहेका र यसलाई ढाकछोप नभई कारवाहीको दायरामा ल्याउनु पर्ने स्थानीयको माग छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार