१० श्रावण २०८१, बिहीबार

डा.भीम रावललाई संकेत गर्दे लेखराजले भने म विना पृथ्वी चल्दैन भन्ने चिन्तन गलत हुन्छ




धनगढी / नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टी उपाध्यक्ष डा. भीमबहादुर रावललाई लक्षित गर्दे म विना पृथ्वी घुम्दैन भन्ने चिन्तन गलत हुन्छ भनेका छन् ।

सो पार्टीको मंगलबार सम्पन्न एमाले प्रदेश कमिटीको पूर्ण बैठकको निर्णय सुनाउने क्रममा उनले भने म विना पार्टी चल्दैन भन्ने भ्रम छोड्नुपर्छ । व्यक्ती जो भए पनि पार्टी, देश र जीवन चल्छ, पार्टी लेनिनवादी संगठनात्मक शैलीले चल्छ चल्नुपर्छ ।

उनले अगाडि थपे केही असझदारी भए कमिटीमा राख्नुपर्छ । उनले रावल अराजक बनेको टिप्पणी पनि गरे । भट्टले सामाजिक सञ्जालमा आएका रावलका अभिव्यक्तिहरूलाई लक्षित गर्दे सो टिप्पणी गरेका हुन् । नेता भट्टले आफूलाई चित्त नबुझे बैठकमा आउदिन, बहिस्कार गर्छु , राजीनामा गर्छु भन्ने चिन्तन पनि गलत भएको बताए ।

रावलले मङ्गलवार बिहान ट्विट गर्दै सुदूरपश्चिम प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन विपरित भएको बतमएका थिए । सो बैठकलाई कथित बैठक भनेका राववले त्यो बैठकका निर्णय अमान्य हुने पनि उल्लेख गरेका थिए ।

त्यसको प्रतिवाद गर्दै भट्टले भने, ‘मतभेदहरू पार्टी कमिटीमा राख्दा उपयुक्त हुन्छ । मिडियामार्फत पार्टीमा भएका मतभेदहरू सार्वजनिक गर्नु भनेको सङ्गठनात्मक रूपमा अराजकताको चरम सीमा हो ।’

नेता भट्टले भने पार्टी कमिटीले गरेको निर्णय अवैध हुन नसक्ने प्रष्ट बताए । ‘कि उहाँले पार्टी नै अवैधानिक हो भन्नु पर्छ नत्र पार्टीले गरेको निर्णय कसरी अवैध हुन्छ र ? ’ भट्टले भने ‘कसैको स्वार्थ अनुसार महत्वाकांक्षा पूरा गर्दा त्यो निर्णय सही हुने, अरू निर्णयहरू अवैध हुने भन्ने कुरा हुँदैन ।’

रावललाई खबर नभएको कि नआउनु भएको भन्ने पत्रकारको प्रश्नमा भट्टले भने, मैले फोनमा कुरा गरेको छु, पत्र पनि पठाएर आमन्त्रण गरिएको छ,म त आउँदिन तपाईहरु गर्नुहोस् भन्नुभयो । सुदूरपश्चिममै गृहजिल्ला अछाममा रहेका रावल भने मगंलवारको भेलामा सहभागी भएका थिएनन् ।

उनले रावल सुदूरपश्चिममै रहेर पनि सम्पर्क नगरेको बताए । उद्घाटन सत्रमा बोल्दा पनि भट्टले रावललाई फरक मत राख्न पार्टीमा कमिटीहरू रहेको बताउँदै सामाजिक सञ्जालमा नौटङ्की नदेखाउन आग्रह गरेका थिए ।

प्रदेश अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा भएको बैठकले प्रदेश कमिटीको उपसचिवमा बलदेव रेग्मी र भागरथी बिष्टलाई चयन गरेको छ ।

एमालेको १८३ सदस्यीय प्रदेश कमिटी रहेको छ । मंगलबारको बैठकले ती मध्ये नेकपा (एकीकृत समाजवादी ) तर्फ गएकाहरुको खाली ठाउँमा सदस्य थपेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार