२२ बैशाख २०८१, शनिबार

तीन प्रदेशमा प्रदेश प्रमुख फेरिए, सुदूरपश्चिममा जोशी



धनगढी / नेपाल सरकारको सोमबार बसेको मन्त्रीपरिषद बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रमुख परिवर्तन गरेको छ ।

सुदूरपश्चिममा नेपाली काँग्रेसक बाजुराका नेता देवराज जोशी प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गरिएको छ ।यस्तै प्रदेश १ मा पर्शुराम खापुङ र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरिएको छ ।

हाल प्रदेश १ मा सोमनाथ अधिकारी, कर्णालीमा सुदूरपश्चिमका गोविन्दप्रसाद कलौनी र सुदूपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख थिए ।
सुदूरपश्चिम प्रदेशको प्रमुखमा नियुक्त जोशी २७ वर्षको उमेर ०४८ सालमा प्रतिनिधि सभा सदस्य भएका थिए ।

उनी ०६४ सालमा पनि संविधान सभाको सदस्यमा निर्वाचित भएका थिए ।

नेपाली काँग्रेस बाजुराको सभापति समेत भइसकेका ५७ वर्षीय जोशी सरल, इमान्दार र स्वच्छछवीका मानिन्छन् । उनी १४ औं महाधिवेशनका लागि प्रतिनिधि समेत छानिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार